कुटपिटबाट मण्डलको मृत्यु भएको आरोप लागेका इप्रका सुगानिकासका ईन्चार्ज जिल्ला तानिए

  • पुस ६, २०८० | ३७६ पटक पढिएको | सीमा संदेश
alt

धन्षाको इलाका प्रहरी कार्यालय सुगानिकासका ईन्चाज सई बालमुकुन्द ठाकुर जिल्ला तानिएका छन् । धनुषाको हंसपुर नगरपालिका– ५ का दीपनारायण मण्डलको मृत्यु प्रकरणमा उनलाई कारबाही स्वरुप जिल्ला तानिएको हो ।

उनलाई कारबाही स्वरुप जिल्ला तानिएको धनुषाका प्रवक्ता डिएसपी रञ्जन अवाले बताए ।
छिमेकसंगको समान्य बिबादमा बिहीबार साँझ पक्राउ गरी लगेर कुटपिट गर्दा उनको मृत्यु भएको भन्दै स्थानीयले शुक्रबार बिहान इलाका प्रहरी कार्यालयमा ढुंगमुढा र तोडफोड गरेका थिए । त्यस क्रममा झडप समेत भएर अवस्था तनावग्रस्त बनेको थियो । प्रहरीले गरेको हवाई फायरको गोली दायाँ हातमा लागेर स्थानीय शिवशंकर मण्डल घाइते भएका छन् ।

गाउँलेले आक्रमण गरेपछि आत्मरक्षाको लागि हवाई फायर गर्दा राइफलको गोली लागेर स्थानीय घाइते भएको धनुषाका प्रहरी उपरीक्षक (एसपी) मित्रबन्धु शर्माले बताए । ढुंगामुढाबाट कार्यालयमा पूर्णरुपमा क्षति पुगेको हो ।
बिहीबार राति पैसा चोरी भएको विषयमा स्थानीय शंकर ठाकुरसंग दीपनारायाण्को विवाद भएको थियो । स्थानीयका अनुसार त्यस क्रममा शंकरले दीपनारायणलाई कुटपिट गरेर सईलाई ठाकुरलाई बोलाएर पक्राउन गर्न लगाएका थिए । इलाकामा लगेर प्रहरीले कुटपिट गरेको र घर फर्केपछि अचानक बेहोस भई उपचारको लागि प्रादेशिक अस्पता पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको स्थानीयको दावी छ ।
तर, एसपी शर्माले भने प्रहरीले पक्राउ गरेर इलाकामा ल्याएर कुटपिट गरेको र त्यस कारणले मृत्यु भएको घटनामा कुनै सत्यता नरहेको दावी गरे ।

‘दुई पक्षबीच बिबाद भएपछि राति साढे ८ बजेतिर प्रहरी दुबै पक्षलाई इलाकामा लगेको थियो । त्यहाँ पछि छलफल हुने गरी कागजात गराएयो । दुबै पक्ष घर फर्कियो । र अचानक मण्डल सिकिस्त हुँदा अस्पताल पुगेपछि उपचारको क्रममा चिकित्सकले मृत घोषणा गरेको हो’, एसपी शर्माले दावी गर्दे भने ‘बिहानै केही व्यक्तिले प्रहरीले कुटपिट गरेकै कारकण मृत्यु भएको भनेर भ्रम फैलाएपछि स्थानीयले कार्यालयमाथि ढुंगामुढा तोडफोड गरेका हुन् ।’

प्रहरीले मण्डललाई कुटपिट गरेको घटनामा संलग्न रहेको आरोपमा ठाकुरलाई पक्राउ गरेको छ । मृतक मण्डलको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।
ठाकुरविरुद्ध कर्तव्यज्यान मुद्दामा जाहेरी परेको डिएसपी अवाले बताए ।

सई ठाकुर र आरोपी पनि ठाकुर भएकाले जातजात मिलेर पीडितलाई उल्टै कुटपिट गर्दा मृत्यु भएको स्थानीयको दावी छ । सई ठाकुरको कामप्रति स्थानीय पहिलादेखि पनि सन्तुष्ट नरहेको र छुद्र रहेको स्थानीयले गुनासो गरेपछि उनलाई जिल्ला तानिएको डिएसपी अवाले बताए ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब