विद्यार्थीलाई अनावश्यक पाेसाकको लागि बाध्य पार्न नपाइने काठमाण्डौको निर्णयले अरु पालिकालाई पनि दबाब

  • पुस ७, २०८० | ४५६ पटक पढिएको | सीमा संदेश
alt

काठमाण्डाै महानगरपालिकाले विद्यार्थीलाई विद्यालय पाेसाकबाहेकका अरु पाेसाक किन्न बाध्य पार्न नपाइने निर्णय गरेसँगै अरु पालिकालाई पनि दबाब बढेको छ ।

काठमाण्डौ महानगरपालिकाले सार्वजनिक सूचना निकालेसँगै काठमाण्डौकै बूढानीलकण्ठ नगरपालिकाले पनि नियमित विद्यालय पाेसाकबाहेकको पाेसाक किन्न नलगाउन पालिकाभित्रका विद्यालयलाई भनेको छ ।

नगरपालिकाले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पाेसाकभन्दा फरक पाेसाक किन्न बाध्य नपार्न नगरभित्रका विद्यालय सञ्चालकहरुलाई अनुरोध गरेको हो ।

तोकिएको भन्दा फरक पाेसाक किन्न लगाइएको गुनासो आएको भन्दै नगरपालिकाले कोही कसैले परिपत्रभन्दा बाहिर गएर पाेसाक किन्न बाध्य पारे कारबाही गर्ने चेतावनी दिएको छ ।

यसअघि काठमाण्डौ महानगरपालिकाले नगर मातहतमा सञ्चालित केही विद्यालयले विभिन्न चाडपर्वका नाममा विद्यार्थीलाई नियमित विद्यालय पाेसाकभन्दा फरक पाेसाक किन्न बाध्य पारेको भन्ने गुनासो आएकोप्रति ध्यानाकर्षण भएको भन्दै अरु पाेसाक किन्न विद्यार्थीलाई बाध्य नगर्न विद्यालयलाई अनुरोध गरेको थियो ।

धेरै निजी विद्यालयले विद्यार्थीलाई चाडपर्व अनुसार पाेसाक किन्न लगाउने गरेको भन्दै अभिभावकले गुनासो गर्दै आएका छन् । 

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब