प्रिन्सीपल स्वर्णकारको हत्याका सुटर सिंहलाई प्रहरीले गोली दागेर समात्यो

  • पुस ११, २०८० | ३५७ पटक पढिएको | सीमा संदेश
alt

बाराको कलैयामा रहेको बालएकता बोर्डिङ स्कुलका प्रिन्सीपल रूपेश स्वर्णकारको हत्याका सुटर मानिएका एक भारतीयलाई प्रहरीले गोली दागेर पक्राउ गरेको छ ।
सुटर मानिएका भारत मोतीहारिका ३२ वर्षीय सुजित सिंहलाई प्रहरीले बाराको विश्रामपुर गाउँपालिका ३ बाट गए राति गोली दागेर पक्राउ गरेको हो । भाग्न खोजेका उनलाई खुट्टामा गोली दागेर पक्राउ गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधीराम न्यौपानेले जानकारी दिए ।

गोली लागेर घाइते सिंहको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ । सिंह चारजनाको समूहमा नेपाल छिरेको गोप्य सूचनाको आधारमा प्रहरीले पछ्याएको थियो । अन्य तीनजना भने फरार भएका छन् । उनीहरुको खोजतलास जारी रहेको डिएसपी न्यौपानेले बताए ।

प्रिन्सीपल स्वर्णकारको गत १३ कात्तिकमा स्कुलनजिकै मदरसा टोलमा टाउको र छातीमा गोली हानेर हत्या भएको थियो । हत्यामा संलग्न भएको आरोपमा प्रहरीले पाँचजनालाई घटनाको तीनदिनपछि पक्राउ गरेर सार्वजनिक गरेको थियो ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब