सिरहाका होटलहरुमा अनैतिक गतिविधि बढदै, मिर्चैयाका दुई होटलबाट ६ जना पक्राउ

  • पुस १३, २०८० | ४६६ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, १३ पौष । सिरहाका होटल तथा लजहरुमा अनैतिक गतिविधि बढेका छन् । सिरहा सदरमुकाम, मिर्चैया, गोलबजार, लहान लगायत बजारमा होटल तथा लजहरुमा अनैतिक गतिविधि भईरहेका छन् । प्रशासनको गतिविधि सुस्त भएको कारण अनैतिक गतिविधि बढेको स्थानीयहरुका गुनासो रहेका छन् ।

यता सिरहाको मिर्चैयामा प्रहरीले बुधबार घटेको घटनापछि होटल लगातार छापा मार्दा दुई होटलबाट ६ जना पक्राउ परेका छन् । होटलहरूमा अनैतिक गतिविधि बढेको जनगुनासो बढेपछि मिर्चैया प्रहरीले अनुसन्धान तिब्र बनाएको हो । प्रहरीले बुधबार र विहिबार लगातार होटलहरूमा छापा र निगरानी बढाएको हो।

छापाका क्रममा प्रहरीले मिर्चैयास्थित कटारी चोकमा सञ्चालित होटलहरूबाट ६ जनालाई पक्राउ गरेको छ । ओखलढुंगे होटलबाट विहिबार दिउँसो होटल सञ्चालक र एक महिला गरी दुई जना र एभरेष्ट होटलबाट राति २ पुरुष र २ महिलालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

उनीहरूमाथि अभद्र व्यवहार मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अगाडी बढाइएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डीएसपी जितेन्द्र बस्नेतले स्पेस समाचारलाई जानकारी दिए । होटलहरूमा निगरानी बढाएको र गलत गतिविधिमा संलग्न रहेकाहरूलाई कानुनी कारवाही हुने पनि उनले बताए ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब