माथिलो तहबाटै भ्रष्टाचार नियन्त्रण गर्न सके मात्र भ्रष्टाचर नियन्त्रण हुन्छ : मेयर डा. नवीन कुमार यादब

  • पुस २६, २०८० | ५४२ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा, २६ पौष । “भ्र्रष्टाचार नियन्त्रण र सुशासन प्रवद्र्धन” सम्बन्धी स्थानीय तह स्तरीय एक दिने अन्तरक्रिया कार्यक्रम सिरहा नगरपालिकामा सम्पन् भएको छ । भ्रष्टाचार विरुद्ध सचेतना अभिवृद्धी गर्ने उदेश्यले सिरहा नगरपालिकाको सहयोग र अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय बर्दिवासको अयोजनामा कार्यक्रम सम्पन् भएको हो ।

कार्यक्रममा स्थानीय तहमा भ्रष्टाचार हुने क्रियाकलाप बारे जानकारी दिदै अख्तियार दुरुपयोग आयोगको भुमिका बारे अख्तियार दुरुपयोग कार्यालय बदिवासको शाखा अधिकृत सुनिल चौरसियाले कार्यपत्र प्रस्तुत गरको थियो ।

413943229_1709186162825444_1928913421059581884_n

सिरहा नगरपालिकामा हुने अनियमित गतिविधिको दोषि हामी सबै पालिकाका कर्मचारी र जनप्रतिनिधि नै हो । जब सम्म हामी सबै नेपाल सरकारको ऐन कानूनलाई पालना गरी कार्य गर्दैनैँ, तब सम्म भ्रष्टाचार नियन्त्रण हुदैन् । हामी एक अर्कालाई दोषारोपण गरी उन्मुक्ती पाउँदैनैँ । यसका लागि एकताका साथ हामी सबै आफ्ना जिमेवारी पुरा गरे पालिकामा सुशासन कायम हुने सिरहा नगरपालिका प्रमुख अधिकृत बलिराम यादबले बताए।

भ्रष्टाचार नियन्त्रण माथिलो तहबाटै गरे मात्र नियन्त्रण हुने सिरहा नगरपालिका मेयर डा. नवीन कुमार यादबले बताए । देशमा अहिले पनि ऐन कानूनका खाँचो छ । माथिलो तहबाट स्थानीय तह सम्म बजेट पुग्न तहगत रुपममा हुने कमिसनको खेल नरोके भ्रष्टाचार नियन्त्रण हुदैन् ।

आयोगले भ्रष्टाचार मात्र देखेर हुदैन् । निर्वाचनको वेला जनताले उमेदवारलाई खर्च गराउन बाध्य पर्ने क्रियाकलाप पानि देख्नु पर्छ । एउटा मेयर पदमा ५ करोड खर्च हुन्छ । यस्ता क्रियाकलाप नरोके सम्म भ्रष्टाचार नारमा नियन्त्रण मात्र हुने यादबले बताए ।

अख्तियार दुरुपयोग आयोगको सेवा बारे कार्यक्रम  सहभागिहरुका प्रश्नका जवाफ दिदै आयोग कार्यालयको प्रहरी नायव उपरिक्षक रविन बाबु रेग्मीले भने, उजरुी दिदैमा भ्रष्टाचार हुदैन् । त्यसैले कार्य कानून संबध छ भने डराउनु पर्दैन, कार्य निरन्तर गरिरहुन ु पर्छ ।

सिरहा जिल्लाका १७ पालिकामाबाट अख्तियारमा कुल उजुरी ४५५ रहेका छन् । जस मध्ये १६६ वटा फछर्यौट भएको छ भन बाँकी २८९ रहेका छन् । सबभन्दा बढी उजुरी औरही गाउँपालिकाबाट परेको छ भने सबभन्द कम लक्ष्मीपुर पत्तारी गाउँपालिकाबाट रहेका छन् । सिरहा नगरपालिकाबाट जम्म ३६ वटा उजुरी परेका छन् । जस मध्ये १२ वटा फछ्र्यौट भईसकेका छन भने बाँकी २४ वटा उजुरी रहेका छन् । 

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब