श्रीमानको बन्द श्रीमतीद्वारा अवज्ञा ! आजपाका कार्यकर्ता रिहा

  • माघ १२, २०८० | ३८९ पटक पढिएको | सीमा संदेश
alt

राष्ट्रियसभा सदस्य निर्वाचनलाई लक्षित गरी बन्द घोषणा गरेका आम जनता पार्टीका केन्द्रीय अध्यक्ष प्रभु साहकी श्रीमती रिना देवी साहले मतदान गरी बन्दको अवज्ञा गरेकी छन् ।

उनी एमालेबाट रौतहटको मौलापुर नगरपालिकाकी नगर प्रमुख हुन् । निर्वाचनमा सहभागी हुन आएका मतदातालाई मतदान स्थलमा पुग्न नदिने योजना बुनेका श्रीमान प्रभु साहको सपनामाथि उनकै श्रीमती नगरप्रमुख रिना देवीले मतदान गर्नु श्रीमानको आदेशको अवज्ञा गरेको कतिपयले टिप्पणी गरेका छन् ।

यसक्रममा आजपाले राष्ट्रिय सभा सदस्य निर्वाचनलाई लक्षित गरी गरेको मधेश प्रदेश बन्दको आंशिक प्रभाव परेको छ । राष्ट्रियसभा निर्वाचनलाई विथोल्नका लागि मधेश बन्दको आह्वान गरे पनि शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ ।

जनकपुरधाममा बिहीबार बिहान बन्द गराउँदै हिडेका आजपाका नेता तथा कार्यकर्ताहरुलाई रामानन्द चोकबाट प्रहरीले पक्राउ गरेको थियो । जनकपुरधाम स्थित रामानन्द चोकमा पसलहरु बन्द गराउँदै हिडेका आजपाका दर्जनौँ नेता तथा कार्यकर्तालाई पक्राउ गरिएको थियो ।

बन्द गराउने क्रममा जनकपुरको रामानन्द चोकमा एक सरकारी सवारीसाधन तोडफोड गर्ने क्रममा ६८ जना नेता– कार्यकर्ताहरुलाई प्रहरीले पक्राउ गरेको आजपाका केन्द्रीय सदस्य विजय साहले जानकारी दिए । पक्राउ परेका आजपाका ६८ जना नेता तथा कार्यकर्ताहरुलाई बिहीबार साँझ रिहा गरेको धनुषा प्रहरीका प्रहरी नायब उपरीक्षक रञ्जन आवेले जानकारी दिए । पक्राउ गरेका आन्दोलनकारीलाई राष्ट्रियसभा सदस्य निर्वाचन सम्पन्न भएपछि छाडिएको उनले बताए ।

बैंकहरुले लिएको मनोमानी ब्याज फिर्ता हुनुपर्ने, लघुवित्त र सहकारीबाट लिएको कर्जा माफी हुनुपर्ने र सर्वसाधारणलाई सहज कर्जा प्रवाह हुनुपर्नेलगायतका माग गर्दै मधेश बन्द गरिएको आजपाका नेता साहले बताए । तर अध्यक्ष प्रभु साहले भने बन्द पूर्णरुपमा सफल भएको दाबी गरेका छन् ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब