कमला पूलको पुनः निर्माण सुरु

  • माघ १२, २०८० | ५१२ पटक पढिएको | सीमा संदेश
alt

बहुप्रतिक्षित धनुषा र सिरहा जोडने कमला पूलको पुनः निर्माण कार्य सुरु भएको छ । गत बर्ष १८ पाईलिँग मध्ये १६ वटा पाईलिँग सकेको कम्पनीले बर्षात आएपछि कामलाई विराम दिएको थियो । 

हुलाकी सडकअन्तर्गत पर्ने धनुषा र सिराहा जोड्ने कमलाको पूल पुनः निर्माण कार्य गत माघ २ गतेदेखि नै सुरु गरिएको हो । कामको तीव्रतालाई गरिएको भए पनि निर्माण कम्पनीले शुक्रबारदेखि कामको गति बढाएको हो। 

असार अगावै पुल सञ्चालन गर्ने गरी पुनर्निर्माणको काम भइरहेको निर्माण कम्पनीले जानकारी दिएको छ। हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुर र पुल निर्माण कम्पनी ‘लुम्बिनी बिल्डर्स’ बिच असार अगावै पुल सञ्चालनमा ल्याउने गरी सम्झौता भएको छ।

सम्झौताअनुसार भाँसिएको कमला पुलको पुनर्निर्माणको काम तीव्रताका साथ भइरहेको निर्देशनालयका योजना प्रमुख कृष्णकुमार महतोले बताए। पुल पुनर्निर्माणमा कार्ययोजना अनुसार तोकिएकै समयमा पुलको निर्माणकार्य सम्पन्न हुने उनले जानकारी दिए।  

कमला पुल निर्माण कम्पनीका ‘साइट इन्चार्ज’ सुदीप थापाका अनुसार वर्षा सुरु भएसँगै रोकिएको पुल पुनर्निर्माणको काम गत मङ्सिरबाटै सुरु भए पनि आर्थिक सङ्कटका कारण सुस्त रहेको थियो। “भासिएको ठाउँमा दुई पायल राख्नेगरी फाउन्डेसन र पाइलिङको काम भइरहेको छ, बीमाबाट प्राप्त गर्नुपर्ने रकम रोकिएकाले आर्थिक सङ्कट हुन गएकाले निर्माणकार्य ढिलो हुन गयो”, थापाले भने, “अब यो कार्ययोजना सम्झौताले पुल पुनः निर्माणमा तीव्रता दिने विश्वास लिएको छु।”

२०६८ मा तीन वर्षभित्र पुल निर्माण गरिसक्ने गरेर निर्माण कम्पनी ‘पप्पु कन्स्ट्रक्सन’ सँग सम्झौता गरिएको थियो। पटक–पटक म्याद थपेर करिब १० वर्षपछि ९५ प्रतिशतभन्दा बढी काम सम्पन्न भएर उद्घाटनको तयारी गरिरहेकै बेला २०७८ असार र कात्तिकमा आएको बाढीले पुल भासिएपछि निर्माणको काम तत्काललाई अनिश्चित भएको थियो। 

कमला पूल शिघ्र निर्माणको लागि नेपाल पत्रकार महासँघ सिरहाका पूर्व अध्यक्ष एवम् अनुभवी पत्रकार देव कुमार यादवले अधिक चासो देखाएका छन् । समय समयमा कमला नदीमा पुगेर कमला पूलको स्थितिबारे जानकारी गराउँदै आएका पत्रकार यादवले कामको तीव्रताको लागि समेत पहल गर्दै आएका हुन् । 

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब