जनप्रतिनिधी नै माटो उत्खननमा सक्रिय

  • माघ २६, २०८० | ३९० पटक पढिएको | सीमा संदेश
alt

सिरहाको गोलबजार नगरपालि नगरपालिकाका जनप्रतिनिधीले नै अवैध माटो उत्खनन गरिरहेको पाइएको छ। गोलबजार नगरपालिका २ मुनाटोल नजीकको झोलुङ्गे पुल नजीकैबाट कार्यपालिका सदस्य समेत रहेका व्यसायी फुलेश्वर नायकले अवैध उत्खन्न गरेको पाईएको हो।

उनले आफ्नो निजी जमिनबाट अवैधरुपमा माटो उत्खनन गरी विभिन्न विकासे तथा निजी व्यक्तिहरुलाई माटो विक्रिगरेको स्थानीयले बताएको छ। स्थानीयका अनुसार नायकले एक विगहाभन्दा बढी क्षेत्रफल जमिनबाट १५ दिनभन्दा लामो समयदेख माटो उत्खनन गरी बेचेको छ।

नगरपालिकासँग माटो उत्खनन तथा विक्रिगर्ने विषयमा कसैले पनि कुनै अनुमित नलिएको एक कर्मचारीले जानकारी दिए। उनले भने, ‘हाम्रो माटो, ग्राभेल उत्खननको लागि कसैले अनुमति लिएको छैन। गोलबजारको उत्तरीभागमा अनुमिति दिने अवस्थापनि छैन। वन क्षेत्र नजीक भएकाले उत्खनन गर्ने अनुमति दिन मुस्किल छ।’

नगरसँग अनुमति नलिई माटो उत्खननगरी व्यच्दा नगरको राजस्व गुमेको र यसमा कार्यपालिका सदस्यले नियम उलङ्घन गरेको छ।

यता गोलबजार नगरपालिकाका मेयर श्याम कुमार श्रेष्ठले कार्यपालिका सदस्य नायकले आफ्नो निजी जमिनबाट व्यक्तिगत कामको लागि माटो निकालेको जानकारी दिए। मेयर श्रेष्ठले भने, ‘नायक जीले आफ्नो व्यक्तिगत जग्गाबाट निजी प्रयोगको लागि माटो निकाल्नु भएको रैछ। मैले अनुमति नलिई त्यसरी माटो ननिकाल्नुस भनिदिएको छु। अव निकाल्दैन।’

स्थानीय युवाहरुले फूलबल मैदान विग्रिने गरी गाडि चलाएकोमा आक्रोश व्यक्त गरे। उनीहरुले हामीले व्यक्तिगत मेहनत गरेर बनाएको मैदान विगार्नेगरी अव टिफर चलाउन नदिने बताए।

यस सम्वन्धमा कार्यपालिका सदस्य नायकसँग सम्वर्कगर्दा सम्पर्क हुन सकेन।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब