सरस्वती पूजाको दिन विद्यालय पोसाक अनिर्वाय सामान्य ध्वानिमा भक्तिमे गित संगित बजाई पूजा मनाउन अनुरोध

  • माघ २८, २०८० | ८५३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, २८ माघ । सिरहा नगरपालिका भित्र अध्ययन गरी रहेका विद्यार्थीहरुबाट कुनै पनि शुल्क नउठाउन विद्यालय प्र.अ.हरुलाई प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले निर्देशन गरेका छन् ।

२०८० सालको आधारभुत तह (कक्षा ८) उतीर्ण परीक्षा स्थानीय तहबाट सञ्चालन भईरहेको व्यहोरा जानकारी गराउँदै, उक्त परीक्षामा आवेदन फारम, प्रश्नपत्र, उत्तरपुस्तिका र र्मकसिट लगायत परीक्षासँग सम्बन्धित अन्य कागजातहरु समेत पालिकाबाट उपलब्ध गराइने हुँदा कुनै शुल्क नउठाउन बिद्यालयहरुलाई निर्देशन गरेको हो ।

आउँदै गरको सरस्वती पूजाका लागि विद्यार्थीहरुलाई विद्यालयबाटै शुल्क तोकी जबर्जस्ती करचाप लगाई शुल्क नलिन पनि अनुरोध गरको  छ । सरस्वती पूजाको दिन सामुदायिक तथा नीजि विद्यालयहरुले आफ्ना विद्यालयको पोसाक विद्यार्थीहरुलाई अनिर्वाय लगाई पुजा कार्यक्रममा सहभागी गराउन पनि निर्देशन गरको  छ ।  

पूजाको दिन विद्यालयमा ठुल ठुला डिजे साउण्ड लगाई अश्लिल गित संगित नबजाउन र सामान्य अवाजमा मात्र भजन भावका गित संगित बजाई पूजा गर्न अनुरोध गरेको छ ।

 यदि कसैबाट निर्देशनको अवज्ञा गरिएको पाएमा जो कोहिले पनि नगरपालिकामा जानकारी गराउँन पनि सबैसँग अनुरोध गरेको छ ।

 नगरपालिका जारी गरको निर्देशन पालन नभए कानून बमोजिमको करवाही हुने यादबले बताए।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब