सुगाको अवैध व्यापार

  • फागुन १, २०८० | ४५३ पटक पढिएको | सीमा संदेश
alt

कानुनले निषेध गरेको सुगाको व्यापार निर्बाधरूपमा भइरहेको छ । तराई क्षेत्रबाट समेत लोपजस्तै भइसकेको तथा कानुनले वर्जित गरेको सुगाको अवैध व्यापार धनुषाधाममा भइरहेको छ । सुगाको व्यापारमा संलग्न अधिकांश भारतीय रहेका छन् ।

पिँजडामा राखेर सुगा बेच्दैगरेका एक सुगा व्यापारीले छ सयदेखि आठसय रुपैयाँमा एउटा सुगा बेच्नेगरेको बताए । नाम ठेगाना बताउन नचाहेका ती व्यापारीले भारतको बिहारबाट सुगा ल्याएर यहाँ बिक्री गरिरहेको जानकारी दिए ।

नेपालमा सुगाको व्यापारमा प्रतिबन्ध लगाइएको कुरा थाहा रहेको बताउँदै ती व्यापारीले अहिलेसम्म रोकटोक गर्न कोही नआएको बताए । स्थानीय दुर्योधन महतोले माघ महिनाको प्रत्येक आइतबार लाग्ने मकर सङ्क्रान्ति मेलाका दिन छ–सात जना भारतीय व्यापारी यहाँ सुगा बेच्न आउनेगरेको बताए ।

मेला सुरक्षार्थ खटिएका प्रहरी र नजिकै रहेको वन कार्यालयका कर्मचारीले सुगाको अवैध व्यापारलाई रोक्ने प्रयास नगरेको उनको भनाइ छ । चराचुरुङ्गी तथा वन्यजन्तु संरक्षणका क्षेत्रमा कार्यरत मिथिला वाइल्ड लाइफ ट्रस्ट धनुषाका अध्यक्ष देवनारायण मण्डलका अनुसार सरकारले २०६८ मा जारी गरेको पन्छीपालन नीतिअनुसार कुखुरा, हाँस, बट्टाई, लौकाट, टर्की, परेवा, अस्ट्रिज, कालिज र च्याखुरा मात्र पालन गर्न पाइन्छ ।

अन्य चराहरू पाल्न नपाइने कानुनमा व्यवस्था छ । नीतिमा उल्लेख भए बाहेकका चराको व्यापार व्यवसाय गरेमा कानुनअनुसार कारबाही हुने व्यवस्था रहेको उनले बताए । ऐनमा वन्यजन्तुको अवैध व्यापारमा संलग्न हुने व्यक्तिलाई अधिकतम १० लाख रुपैयाँसम्म जरिवाना वा १५ वर्षसम्म कैद वा दुवै सजायको प्रावधान राखिएको छ ।

कानुनी प्रावधान कार्यान्वयन गर्न नेपालमा निकुञ्ज विभाग, वन विभाग र मातहतका कार्यालय, डिभिजनल वन कार्यालय र प्रहरीलाई जिम्मेवारी तोकिएको छ । यद्यपि बाघ, गैँडा, हात्तीको अवैध व्यापार नियन्त्रणको दाँजोमा अवैध चरा व्यापार नियन्त्रण कार्य ओझेलमा परेको अध्यक्ष मण्डलले बताए । पिँजडामा चरा पाल्नेहरूका कारण सुगाको अवैध व्यापार निरुत्साहित हुन नसकेको उनको भनाइ छ ।

डिभिजन वन कार्यालय धनुषाका डिभिजलन प्रमुख बेचन चौधरीले सुगाको व्यापार कानुनको बर्खिलाप भएको बताउँदै त्यस्तो कारोबारीलाई नियन्त्रणमा लिएर कारबाही गरिने बताए ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब