खुट्टी खोलामा सञ्चारकर्मीलाई चिनियाको अवरोध, महासंघद्वारा कारवाहीको माग

  • फागुन १, २०८० | २८३ पटक पढिएको | सीमा संदेश
alt

नेपाल पत्रकार महासंघ, सिरहा शाखाले लहान नगरपालिका-१५ स्थित खुट्टी खोलामा समाचार संकलनका लागि गएका पत्रकारलाई भएको अवरोध घटनाप्रति ध्यानाकर्षण जनाएको छ ।

महासंघले सोमबार विज्ञप्ति जारी गरी अवरोधप्रति ध्यानाकर्षण जनाउँदै घटनाको निन्दा पनि गरेको छ । सरोकारवाला र नियामक निकायको मिलेमतोमै हुँदै आएको अवैध खोला दोहनको विषयमा समाचार संकलन गर्न कान्तिपुर टेलिभिजनका विनय आजाद र हिमालयन टिभीका सुरेश राय गत बुधबार अपरान्ह ५ बजेको समयमा खोलामा गएका थिए ।

तर, यो अवैध धन्दा मिडियामा आउन नदिने मनसायले सिरहाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्म चार लेन राजमार्ग निर्माणको काम गरिरहेको चिनियाँ निर्माण कम्पनी चाइन रेल्वे नम्बर २ इन्जिनियरिङ ग्रुपका कर्मचारी एवं खोला साइट इन्चार्ज हुस्या छ्याङको निर्देशनमा टिपर र एक्साभेटरले सञ्चारकर्मीद्वयलाई पछ्याउँदै धुलोधुँवा उडाएर, तर्साएर अवरोध एवं आतंक सिर्जना गर्न खोजेका थिए ।

यतिमात्रै होइन, सञ्चारकर्मीद्वयलाई निर्मम र अवैध रूपमा खोला दोहन चलिरहेको स्थलसम्म जान नदिने मनसायले ठेकेदार कम्पनीले सञ्चालन गर्दै आएको क्रसर नजिकै बाटोमा एक्साभेटरले खाल्डो खनिदिएका थिए । महासंघका अध्यक्ष मनोज बनैताद्वारा जारी विज्ञप्तिमा घटनामा संलग्नलाई कारवाहीको माग पनि गरिएको छ ।

यस्तै, महासंघले निर्वाध रूपमा समाचार संकलनको वातावरण मिलाई प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सम्मान गर्न पनि सबैलाई अपिल गरेको छ ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब