पाल्पा दुर्घटना अपडेट : अस्पतालमा दुई जनाको मृत्यु, मृतकको संख्या १० पुग्यो

  • फागुन २, २०८० | २३४ पटक पढिएको | सीमा संदेश
alt

बुटवल । पाल्पा डुम्रेबाट तिनाउ गाउँपालिका वडा–६ चिदिस शिखर डाँडा जाँदै गरेको  लु १ ज २३७१ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा घाइते भएका थप दुई जनाको उपचारको क्रममा मृत्यु भएको  छ। घटनास्थलै ८ जनाको र उपचारको क्रममा दुई जनाको गरी  १० जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएको जिल्ला प्रहरीले कार्यालय पाल्पाले जनाएको  छ।

घटनास्थलमा मृत्यु हुनेमा तिनाउ –६ मस्यामकी ६० वर्षीय यन कुमारी पन्त, सोही ठाउँकै ३९ वर्षीय रामबहादुर अस्लामी, ६७ वर्षीय कृष्णबहादुर अस्लामी, २८ वर्षीय उर्मिला अस्लामी, बुटवल उपमहानगरपालिका–१४ का चन्द्र रणपाल र उनकी श्रीमती ६० वर्षीय चुना रणपाल, रिव्दीकोट १ ख्याहाकी ६५ वर्षीय दिल कुमारी सुनार र देवदह नगरपालिका – ५ की २९ वर्षीय दिलमाया जिसी रहेको  जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक  सुगन्ध श्रेष्ठले रातोपाटीलाई बताए ।

लुम्बिनी मेडिकल कलेजमा उपचारका क्रममा तिनाउ–२ खुर्सानेका २० वर्षीय गीता सुनार र रिब्दीकोट गाउँपालिका–१ ख्याहाकी ६६ वर्षीय विष्णुकला कामीको मृत्यु भएको  प्रहरीले जनाएको  छ।

घाइते हुनेहरुमा  पाल्पा तिनाउ ६ की २० वर्षीय कृष्णा पन्त,  सोही ठाउँकै १९ वर्षीय उमा रास्कोटी, २१ वर्षीय अमृता गहतराज,  १९ वर्षीय शान्ति राना,  ९ वर्षीय शौरव पुन, ४५ वर्षीय तुल बहादुर नेपाली,  २८ वर्षीय कमला सुनार, रुपन्देही खैरेनी – ५ का  ९ वर्षीय विवेक जिसी,  सोही ठाउँकै ६ वर्षीय अस्मित जिसी, तानसेन ७ की ४२ वर्षीय सविता परियार, रिव्दिकोट १ की ३० वर्षीय रमा सुनार, सोही ठाउँकै ६ वर्षीय विद्या सुनार, ६ वर्षीय साया सुनार, ५ वर्षीय आलब सुनार,  तानसेन १० का ४५ वर्षीय जिप चालक दान बहादुर चिदी, रुपन्देही हरैयाकी ३० वर्षीय भुमी पुन र १ जना ३६ दिनकी बालिका गरी १७ जनाको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचार भइरहेको  छ ।

मंगलबार बेलुका  ५ बजेको समयमा जिप चिदिस शिखरडाँडा जाँदै गर्दा उकालोमा ब्याक भई दुर्घटना भएको थियो।  जिप सडकबाट ३ मिटर तल अर्को सडकमा खसेको थियो। जिप ओभरलोडको कारण दुर्घटना भएको  प्रहरीले जनाएको  छ। चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको  छ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब