खेलकुदलाई व्यवसायिक रुपमै विकास गर्छु : प्रमुख प्रशासकीय अधिकृत बलिराम यादब

  • फागुन ४, २०८० | ९५२ पटक पढिएको | सीमा संदेश
alt

सिरहा, ०४ फाल्गुन । सिरहा नगरपालिकाका जनप्रतिनिधिहरुले खेलकुदलाई प्राथमिकताका योजानाको रुपमा आगडी बढाएकोले अब नगरपालिकाले व्यवसायिक खेलकुदका रुपमा विकास गर्ने प्रमुख प्रशासकीय अधिकृत बलिराम यादबले बताए ।

नगर स्तरीय क्रिकेट प्रतियोगिताको जनप्रतिनिधि र कर्मचारी बिचको मैत्री पूर्ण खेल कार्यक्रमको उद्घाटन क्रममा भने, अहिले विश्वव्यपी रुपमा खेलकुद व्यवसायिक बन्दै गएका छन् । यदि सिरहा नगरपालिकाले आफ्ना योजनालाई विश्व बाजरसँग जोडि खेलकुदबाट खेलाडी उत्पादन तथा व्यवस्थापन गर्न सके रोजगारी विकाससँगै आर्थिक विकासमा पनि टेवा पुग्ने छ ।

नगरपालिकाले संचालन गरेको नगर स्तरी फुटवल र क्रिकेट प्रतियोगितामा नगरवासिहरुका उत्साहले खेलकुद प्रतिका उर्जालाई सरकारले संरक्षण गर्न जरुरी रहेको छ। यस उर्जालाई व्यवस्थापन गर्न सकिए आर्थिक समृद्धिसँग सहजै जोडन सक्रिन्छ । सबै पालिकाले आफ्ना पहचान कुनै न कुनै विषयसँग जोडी रहेको वेला सिरहा नगरपालिकामा खेलकुद विकास तथा पहिचानको राम्रो सम्भावना देखिन्छ । अब नगरपालिकाले एक खेल मैदान व्यवस्थापन गरी वडा स्तरीबाटे खेलकुद विकास गर्ने यादबले बताए ।

यता सिरहा नगरपालिका मेयर डा. नवीन कुमार यादबले अब सिरहा नगरपालिकामा दंगल प्रतियोगिता पनि हुने घोषण गर्नु भयो । फाल्गुन २१ गते बाट सिरहा क्याम्पस मैदानमा अन्तराष्ट्यि सहिद हेमनारायण फुटवल प्रतियोगिता संचालन हुने आयोजक संस्थाका सलहेश युवा क्लवका अध्यक्ष राजिप यादबले जानकारी दिइएका छन् ।

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

भारततर्फ लैजाँदै गरेको प्रतिबन्धित गाँजा बरामद

सिराहाको सीमावर्ती औरही गाउँपालिका– ४, खजनपुर गाउ ...

कल्याणपुरमा आगलागी हुँदा करिब ५ लाखको क्षति

सिरहा । कल्याणपुर नगरपालिका–९ डुमरीमा विद्युतको त ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब