मिर्चैया नगरपालिकामा तोडफोड गरेका २४ जनामाथि मुद्दा दायर, तरुण दलले जलाए पुतला

  • फागुन ४, २०८० | ६७४ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको मिर्चैया नगरपालिकामा तोडफोड गरेको आरोपमा २४ जनामाथि सार्वजनिक सम्पति तोडफोडको मुद्दा दायर गरेपछि काँग्रेस निकट तरुण दलले विरोध जनाएको छ । 

सार्वजनिक आन्दोलनलाई तोडफोड भन्दै झुठो मुद्दा दायर गरेको भन्दै तरुण दल सिरहाले टायर बालेर प्रदर्शन गरेको हो । तरुण दलले मिर्चैया, बगहा, घुर्मी, चोहर्वा लगायत विभिन्न ठाँउ ठाउँमा प्रदर्शन गरेका थिए । 

सिरहा, सिरहाको नरहा गाउँ गाउँपालिका वडा नम्बर ३ नयाँ चोहर्वा चौकको महेन्द्र हाइवेमा ट्रायरमा आगो बाली चक्काजाम समेत गरे । नेपाल तरुणदलका जिल्ला सभापति अरबिन्द मण्डलको नेतृत्वमा बिरोध प्रदर्शन कार्यक्रम गरिएको थियो । 

प्रदर्शनमा “नालायक गृहमन्त्री राजिनामा दे, भ्रष्ट सिडिओ मुर्दावाद, मिर्चैयाका डिएसपी मुर्दावाद” भन्दै करि ३ घन्टा चक्काजाम गरेका थिए । आन्दोलनमा ज.स.पा., एमाले, एकीकृत लगायतका पार्टी कार्यकर्ताहरुको उपस्थिति रहेको थियो । 

नेपाल तरुणदलका जिल्ला सभापति अरबिन्द मण्डलको नेतृत्वमा गृहमन्त्रीको पुतला समेत जलाइएको थियो । झुठा मुद्दा फिर्ता नलिए अझ ठुला आन्दोलन गर्ने आन्दोलनकारीहरुको चेतावनी थिए । सिरहाका सिडियोले एक्कल निर्णय गरेको भन्दै प्रदर्शन गरेका थिए ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब