मधेशमा योजना खरिद बिक्री भइरहेको जनमतको आरोप, विरोध गर्ने निर्णय

  • वैशाख २२, २०८१ | ३४० पटक पढिएको | सीमा संदेश
alt

मधेश सरकारको योजनाहरू खरिद विक्री हुने गरेको निष्कर्ष निकाल्दै जनमत पार्टीले विरोध गर्ने निर्णय गरेको छ ।

राष्ट्रिय अध्यक्ष डा. सीके राउतको उपस्थितिमा आज जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठक बसेको थियो ।

उक्त बैठकले योजना खरिद विक्रीबारे सरकारको ध्यानाकर्षण र विरोध गर्ने गरिएको दलका नेता महेश प्रसाद यादवले जानकारी दिए ।

मधेश प्रदेशसभाको बैठक लामो समयदेखि अवरुद्ध छ । सो विषयमा पनि जनमतको संसदीय दलले छलफल गरेको छ ।
 
दलका नेता यादवले भने, ‘लामो समयसम्म सदन अवरुद्ध राख्नु हुँदैन् । सरकार गम्भीर हुनुपर्छ ‌। यस विषयमा पनि सरकारको ध्यानाकर्षण गराउने निर्णय गरेका छौँ ।’

उनले प्रदेशको विभिन्न स्थानमा लागेको आगलागी प्रभावितहरूको तथ्याङ्क सङ्कलन गरी अभिलम्ब ठोस राहत प्याकेज उपलब्ध गराउन र खानेपानीको समस्या समाधान गर्न सरकारसँग माग गर्ने निर्णय पनि भएको जानकारी दिए ।

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

असोज २८ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असोज २८ गते । बुधबार । ...

सामाजिक सञ्जालमा डरत्रास देखाउने दुईजना पक्राउ

सामाजिक सञ्जाल डरत्राससहितका अपराधिक चरित्र देखाउने जनक ...

स्थानीय निर्वाचनमा दलहरूको चुनौती

जेनजी आन्दोलनपछि गठन भएको नयाँ सरकारले सुशासन र भ्रष्टा ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब