जेठ २६ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

  • जेठ २६, २०८२ | ९५ पटक पढिएको | सीमा संदेश
alt

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल जेष्ठ २६ गते । सोमबार । ईश्वी सन् २०२५ जुन ९ तारिख । नेपाल संवत् ११४५ । सिद्धार्थी संवत्सर । उत्तरायणं । ग्रिख्म ऋतु । श्रीशाके १९४७ । जेष्ठ शुक्लपक्ष। तिथि–त्रयोदशी, १० घडी ३३ पला, बिहान ९ बजेर २२ मिनेट उप्रान्त चतुर्दशी । नक्षत्र–विशाखा, २६ घडी ३८ पला, दिउसो ३ बजेर ४९ मिनेट उप्रान्त अनुराधा । योग–शिब, २१ घडी ५६ पला, दिउसो ३ बजेर ५६ मिनेट उप्रान्त सिद्ध । करण–तैतिल, बिहान ९ बजेर २२ मिनेट उप्रान्त गर, बेलुकी १० बजेर २० मिनेट उप्रान्त वणिज । आनन्दादिमा–मीत्र योग । चन्द्रराशि–तुला, बिहान ९बजेर ११ मिनेट उप्रान्त वृश्चिक ।

काठंमाडौमा सूर्योदय बिहान ०५ बजेर ९ मिनेट । सूर्यास्त बेलुकी ६ बजेर ५६ मिनेट । दिनमान ३४ घडी २९ पला । 

आजको बार बेला ।  

बिहान ५ बजेर ९ मिनेटसम्म अमृत बेला ।

बिहान ५ बजेर १० मिनेटदेखि बिहान ६ बजेर ५३ मिनेटसम्म काल बेला ।

बिहान ६ बजेर ५४  मिनेटदेखि बिहान ८ बजेर ३६ मिनेटसम्म शुभ बेला ।

बिहान ८ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर २० मिनेटसम्म रोग बेला ।

बिहान १० बजेर २१ मिनेटदेखि बिहान १२ बजेर ३ मिनेटसम्म उद्धेग बेला ।

मध्यान्ह १२ बजेर ४ मिनेटदेखि दिउसो १ बजेर ४७ मिनेटसम्म चर बेला ।

दिउसो १ बजेर ४८ मिनेटदेखि दिउसो ३ बजेर ३० मिनेटसम्म लाभ बेला ।

दिउसो ३  बजेर ३१ मिनेटदेखि बेलुकी ५ बजेर १४ मिनेटसम्म अमृत बेला ।

बेलुकी ५ बजेर १५ मिनेटदेखि बेलुकी ८ बजेर १४ मिनेटसम्म चर बेला ।

नोटस् शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ६ बजेर ५२ मिनेटदेखि बेलुकी ८ बजेर ३६ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट: राहुकालको समयमा कुनै पनि शुभ कार्य नगर्नुहोला ।

ब्रहा मुहुर्त

बिहान ३ बजेर ३३ मिनेटदेखि बिहान ४ बजेर २१ मिनेटसम्म ब्रहा मुहुर्त रहनेछ ।

आजको राशिफल

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) व्यापार वा शेयर बजारमा आज गरिने लगानी भविष्यमा आम्दानीको गतिलो स्रोत बन्नेछ । आफ्नो काममा भन्दा पनि अरूकै काममा समय व्यातित हुनेछ । महत्त्वाकाङ्क्षी योजनाहरू पुरा गर्न निकै सङ्घर्ष गर्नुपर्नेछ । आफन्त तथा घरपरिवारका सदस्यहरूसँग राय बाझिनेछ । माया प्रेममा धोका तथा विश्वासघात हुनेछ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । यात्रा गर्दा वा सवारी चलाउँदा ध्यान दिनुहोला ।

वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) घरायसी सेवा सुविधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथीभाइको सहयोगले राम्रा काम गर्न सकिनेछ । व्यापारमा मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने विपरीत लिङ्ग प्रति आकर्षण बढेर जानेछ । अध्ययन वा कामको  सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।

मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) कुनै पनि विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा एक कदम अगाडी बढ्न सकिनेछ । शत्रु परास्त हुने तथा पुरानो रोगबाट उन्मुक्ति पाइनेछ । नियम सङ्गत गरेका काममा हुने फैसला तपाईँकै पक्षमा हुनेछन् । नोकरीमा बढुवा हुने योग रहेको छ । प्रेममा सामिप्यता बढ्ने तथा भेटघाटमा समय व्यातित हुनेछ ।  पढाइ लेखाइमा मन जाने हुनाले अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ ।  खर्च बढे पनि उपलब्धिमूलक कामहरू हुनेछन् ।

कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । बैक तथा वित्तीय क्षेत्रमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सम्पत्ति उपहारको रूपमा प्राप्त हुनेछ । अध्ययनमा अलि चनाखो हुँदा प्रगति गर्न सकिनेछ । माया प्रेममा सामिप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न  सकिनेछ ।

सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय गतिसँगै चल्न नसक्दा अरूभन्दा पछि परिनेछ । पढाइ लेखाइमा मन नजाँदा पुरस्कार तथा प्रशंसा पत्र अरूकै हातमा जानेछ । प्रेममा अविश्वास सिर्जना नहोला भन्न सकिन्न । व्यापारमा लगानी गरे अनुसार प्रतिफल पाउन निकै नै मिहिनेत गर्नुपर्नेछ । अग्रज तथा गुरुवरको सुझावलाई शिरोधार्य गर्दै अगाडी बढ्नुहोला । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)  आँट साहस तथा पराक्रममा वृद्धि भएर जाने हुनाले पुरुशार्थि काम गरेर नाम तथा दाम दुवै कमाउन सकिनेछ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा हुनेछन् । उद्योग तथा उत्पादन मूलक क्षेत्रमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । लेखन, कला तथा साहित्यको क्षेत्रमा कलम चलाउनेहरूका लागी समय फलदायी रहेको छ । प्रेममा सामिप्यता बढेर जानेछ ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो भएर जानेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । व्यापार तथा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरूका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाए पनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशङ्का गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन सकिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय राम्रो रहेको छ ।

मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पैतृक धन तथा सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । पढाइ लेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ ।  

कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) व्यापारबाट राम्रो आम्दानी हुने हुनाले चिताएको काम समयमा सम्पादन हुनेछ । कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । नोकरी पाउने तथा बढुवा हुने योग रहेको छ । भूमि, वाहन तथा पैतृक सम्पत्तिमा वृद्धि हुने तथा प्राप्त हुनेछ । आफ्नै मेहनतले जीवन शैलीमा सुधार ल्याउन सकिनेछ । माता पिताको सहयोग तथा समर्थनले कीर्तिमानी काम गर्न सकिनेछ । अध्ययनमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) भाग्यले साथ दिने हुनाले सानो लगानी तथा सानो प्रयत्नले व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । श्रमको उचित मुल्याङकन हुनेछ । खोजीमूलक क्षेत्रमा चासो बढ्ने तथा अध्ययनबाट भनेजस्तो नतिजा ल्याउन सकिनेछ । धर्म तथा अध्यात्मसँग सम्बन्धित विषयमा रुचि बढ्नेछ । मित्रता तथा प्रेमको डोरो कसिलो हुनेछ । विशिष्ट व्यक्तिसँग नजिक हुन सकिने तथा मित्रता बढाउनेछ । बिहानको समयमा भरसक यात्रा नगर्नुहोला ।

तपाईँको दिन शुभ रहोस् ।

लहान नगरपालिकाले ल्यायो एक अर्ब ६७ करोडको बजेट

सिरहा। यहाँको लहान नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८ ...

असार ७ गते शनिबार ,यस्तो छ तपाईंको राशिफल

वि.सं.२०८२ साल आषाढ ७ गते । शनिबार । ईश्वी सन् २०२५ जुन ...

नेसपा नयाँशक्तिले सीके, रवि, रेशम र बालेनसँग मिलेर

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई नेतृत्वको नेपाल समाज ...

हिन्दुको नाममा नाबालिकालाई ओसारपसार

हिन्दु बनेर काठमाण्डुकी एक नाबालिकालाई ललाई फकाई भारतको ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब