देशभर बढ्यो अत्यधिक गर्मी, मधेशमा ४१ डिग्रीसम्म तापक्रम मापन

  • जेठ २७, २०८२ | ३६७ पटक पढिएको | सीमा संदेश
alt

सरदरभन्दा दुई साताअघि १५ जेठको राति नै पूर्वी नेपालमा दक्षिण एसियाली मनसुन प्रवेश गरे पनि ब्रेक भइदिँदा देशभर गर्मी बढेको छ ।

सोमबार सबैभन्दा धेरै नेपालगन्जको अधिकतम तापक्रम ४१ डिग्री पुगेको छ । त्यस्तै, काठमाडौंको तापक्रम ३१.६ डिग्री पुगेको छ । मनसुनी वर्षा नै बन्द हुनुलाई मनसुन ब्रेक भनिन्छ ।

पूर्वी नेपालमा वेलावेला हल्का वर्षा भइरहे पनि बाँकी क्षेत्रमा टन्टलापुर घाम लाग्दा न्यूनतम र अधिकतम दुवै तापक्रम उकालो लागेको छ । तराई/मधेशमा अधिकतम तापक्रम ४१ डिग्री सेल्सियससम्म पुगेको छ ।

मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले मनसुन देशभर विस्तार नहुँदै ब्रेक भएको बताए ।

‘कोशीमा १५ जेठ राति मनसुन भित्रिएर सुरुवातीमा ठुलो वर्षा पनि भयो । त्यसपछि त्यहाँ पनि खासै सक्रिय हुन सकेको छैन,’ अर्यालले भने, ‘मध्य र पश्चिम नेपालमा त मनसुन पुगेकै थिएन । एक सातादेखि मनसुन नै ब्रेक भएको छ ।’

पश्चिमी र न्यूनचापीय प्रणाली पनि खासै सक्रिय हुन नसकेकाले मध्य र पश्चिम नेपालमा वर्षा हुन नसकेको हो । गत वर्ष सरदरभन्दा एक दिनअघि १२ जुनमा मनसुन भित्रिए पनि देशभर फैलन दुई साता लागेको थियो ।

नेपालमा बंगालको खाडी हुँदै मनसुनी वायु आउँछ । र, पूर्वबाट पश्चिम बहन्छ । तर, अहिले पूर्वी नेपालमा रहेको मनसुनी वायु पनि लगभग सुक्खा छ । अनि, शक्तिशाली पनि नहुँदा पश्चिमी वायुलाई निष्क्रिय पनि पार्न सकेको छैन । पश्चिमी वायु कायमै रहे पनि सुक्खा छ । बंगालको खाडीमा बलियो न्यूनचापीय क्षेत्र नबन्दा अहिले समस्या आएको हो ।

मनसुनी चापीय रेखा भारतको कोलकाता–दिल्लीको रेखा ९लाइन० हुँदा नेपालमा सक्रिय हुन्छ । तर, अझ उत्तरतिर सरे नेपालमा अझ धेरै पानी पर्छ । तर, यसपटक सुरुवातीमा पूर्वी नेपालनजिक रेखा आए पनि मध्य र पश्चिम क्षेत्रमा आएको छैन ।

भारतको जल तथा मौसम विज्ञान विभागले झनै तीन दिन पूर्वी राजस्थान, पन्जाब, हरियाणा, दिल्ली, उत्तरप्रदेशको दक्षिण–पश्चिम क्षेत्रमा लु चल्ने चेतावनी दिएको छ । त्यसपछि भने वर्षाले राहत हुने आकलन गरिएको छ ।

राष्ट्रिय वाणिज्य बैंकबाट ६० लाखको नक्कली ऋण, कर्म

राष्ट्रिय वाणिज्य बैंक जलेश्वर शाखाका कर्मचारी र धितो ...

गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट सार्

सिरहा । गोलबजार नगरपालिकाको १५औँ नगर सभा बुधबार सम्पन्न ...

कानुनी समयसीमाभित्रै अधिकांश स्थानीय तहको बजेट सार

संघीय सरकारको चेतावनी र कानुनी बाध्यताबीच देशभरका ७ सयभ ...

असार ११ गते बिहीबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल असार ११ गते । बिहीबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब