सन्तानको सौर्य र कल्याणको कामनासहित जितिया पर्व सम्पन्न

  • भदौ ३०, २०८२ | २५२ पटक पढिएको | सीमा संदेश
alt

मिथिलाञ्चल आइतबार सन्तानको सौर्यवृद्धि र कल्याणका लागि आमाहरूले जितिया पर्वको व्रत सोमबार बिहान सात बजे सम्पन्न हुने भएको छ ।

शनिबार बिहान पवित्र जलाशयमा स्नान गरी ‘ ओगटन’ ग्रहण गरेसँगै सन्तानवती मिथिलानीहरूले निराहार व्रतको विधि अपनाएकी छन् । जितिया व्रतको परम्परा असोज कृष्णपक्षको अष्टमी तिथिसँग जोडिएको छ । यसलाई पितृपक्ष पनि भनिन्छ । अष्टमी तिथि बिहान ८ः४४ बजेदेखि शुरु भए पनि ‘ओगटन’ पछि उपवास गर्नुपर्ने परम्परा कायम गरिएको छ । व्रत समापनको विधि पनि विशिष्ट छ ।

मिथिला पञ्चांग र विद्यापति पञ्चांग अनुसार व्रत सोमबार बिहान ७ः०० बजेसम्म पूरा गर्न सकिने छ । पण्डित गणेश झाका अनुसार जितिया व्रतको विधान अनुसार एक अहोरात्र कटेपछि नवमी तिथिमा व्रत पूरा गर्नुपर्छ । पितृपक्षका दिन हुने यस पर्वमा बर्तालुहरूले सप्तमी तिथिमा पवित्र स्नान गरी पितृको स्मरण गर्दै व्रतको संकल्प गर्ने चलन छ ।

सूर्यदेवलाई तोरीको तेल, पिना र आँपको अचार अघ्र्यस्वरूप चढाइन्छ । साथै दिवंगत सासू, बूढीसासू, ज्यामै सासू र जेठानीरदेवरानी तथा मातृकूललाई सम्झेर व्रत पूरा गर्ने परम्परा छ । यसमा तीन पुस्ताभित्रका दिवंगत महिलालाई तर्पण दिइन्छ । जितिया पर्वको मुख्य दिनमा बर्तालुहरूले राजा जिमुतवाहनको कथा सुन्छन् । पुराणकथाका अनुसार द्वापर युगमा भारत वर्षको नर्वदा नदी तटीय प्रदेशका राजा शालीवाहनका पुत्र देवदूत जिमुतवाहनले असोज कृष्ण अष्टमीको दिन एक विधवा ब्राह्मणीका सात भाइ मरेका छोरालाई व्युताएका थिए ।

त्यसको स्मरणमा सन्तानको कल्याणको लागि जितिया व्रतको परम्परा सुरू भएको विश्वास मिथिलामा छ । भविष्य पुराणमा पनि यस व्रतको वर्णन छ । श्रद्धा र निष्ठासाथ गरिने जितिया व्रतले सन्तानको कल्याण हुने र आमाहरूलाई सन्तानबाट सुख प्राप्त हुने धार्मिक विश्वास मिथिलानीहरू माझ रहेको छ ।

प्रत्येक वर्ष झैँ यस वर्ष पनि आमाहरूले आफ्नो परिवार र सन्तानको दीर्घायु, स्वास्थ्य र सफलता कामना गर्दै व्रतमा जुटेकी थिइन् ।

‘सुपरस्टार’ रजनीकान्तलाई अभिनयभन्दा बस कन्डक्टरको

मुम्बई । दक्षिण भारतीय सुपरस्टार रजनीकान्तले आफूलाई अभि ...

गंगा नदीमा डुंगा पल्टिँदा १४ जनाको मृत्यु, ६ घाइते

भारतको बिहारस्थित गंगा नदीमा डुंगा पल्टिँदा कम्तीमा १४ ...

बरियारपट्टीमा प्रतिबन्धित पटाका बरामद

सिरहाको बरियारपट्टी गाउँपालिका–३ हवल्दार चोकबाट प ...

आज कुष्माण्डा देवीको पूजा-आराधना गरिँदै

शारदीय नवरात्रको चौथो दिन आज आश्विन शुक्ल चतुर्थीका अवस ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब