भिटामिन ‘ए’ र जुकाको औषधि वितरण कात्तिक १७ र १८ गते हुने

  • कार्तिक २, २०८३ | ६० पटक पढिएको | सीमा संदेश
alt

सरकारले सञ्चालन गर्दै आएको राष्ट्रिय भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाउने कार्यक्रमको पहिलो चरण आगामी कात्तिक १७ र १८ गते सञ्चालन हुने भएको छ।

यसअघि हरेक वर्ष पहिलो चरणको कार्यक्रम कात्तिक २ र ३ गते सञ्चालन हुँदै आएको थियो। तर, यस वर्ष उक्त समयमा बडादसैँको सार्वजनिक बिदा परेकाले कार्यक्रमको मिति परिवर्तन गरिएको हो।

सरकारले बालबालिकाको स्वास्थ्य सुरक्षा र पोषण सुधार गर्ने उद्देश्यले हरेक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ। पहिलो चरण कात्तिकमा सञ्चालन हुने भए पनि दोस्रो चरणको कार्यक्रम भने वैशाख ६ र ७ गते हुने व्यवस्था छ।

कार्यक्रमअन्तर्गत ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ खुवाइनेछ। त्यस्तै, १२ देखि ५९ महिनासम्मका बालबालिकालाई जुकाको औषधि वितरण गरिनेछ।

बालबालिकालाई कुपोषण तथा विभिन्न स्वास्थ्य समस्याबाट जोगाउन यो कार्यक्रम महत्त्वपूर्ण मानिन्छ। त्यसैले सरकारले तोकिएको मितिमा आफ्ना बालबालिकालाई नजिकैको वितरण केन्द्रमा लगेर भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन अभिभावकहरूलाई आग्रह गरेको छ।

किन आक्रोशित भइन् कंगना रनौत ?

कंगना रनौत उसै पनि विद्रोही छवि बनाएकी अभिनेत्री हुन् । ...

फ्रान्समा के भएको ?

 देशभर करिब साढे ५ लाख मानिस सडकमा । राजधानी ...

झिझियाको मौलिकता हराउँदै

मिथिला–मधेसको धार्मिक आस्था, लोकसंस्कृति र मौलिक ...

एउटा खसीको आत्मकथा

म खसीले मजस्तै कुखुराको विषयमा जोक भनेको सुनेको छु  ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब