रक्सीले मातिएर पिसाब फेर्दा १५ करोडको फन्दामा

  • मंसिर १, २०८३ | ११० पटक पढिएको | सीमा संदेश
alt

जापानमा रक्सी खाएर होहल्ला गर्ने, सार्वजनिक मर्यादा उल्लंघन गर्ने र अरूको निजी सम्पत्तिमा मनपरी गर्ने सोचमा हुनुहुन्छ ? हो भने सावधान ! यहाँको कानुन र सामाजिक मर्यादालाई बेवास्ता गर्दा सामान्य गल्ती पनि महँगो पर्न सक्छ । आइतवार फुकुओका प्रान्तमा एक नेपालीले मादक पदार्थ सेवन गरी जापानी नागरिकको घरको आँगनमा पिसाब गरेको आरोपसँगै १० देखि १५ करोड रुपैयाँसम्म क्षतिपूर्ति मागिएको दाबी सार्वजनिक भएको छ ।

प्राप्त विवरणअनुसार ती नेपाली अत्यधिक रक्सी सेवन गरी मातिएको अवस्थामा जापानी नागरिकको घरआँगनमा पुगेका थिए । सोही क्रममा उनले घरको आँगनमै पिसाब गरेको आरोप छ । उक्त घटनापछि घरधनीले प्रहरीसमक्ष उजुरी दिएको र १० देखि १५ करोड रुपैयाँसम्मको क्षतिपूर्ति माग गरेको बताइएको छ । तर, उजुरीको आधिकारिक विवरण, माग गरिएको रकम र घटनाको वास्तविक कानुनी अवस्थाबारे स्वतन्त्र पुष्टि हुन बाँकी छ । आरोपित नेपालीको नाम र ठेगानासमेत हालसम्म सार्वजनिक भएको छैन ।

जापान विश्वमै अनुशासन, शान्ति र कानुनी व्यवस्थाका लागि परिचित देश हो । यहाँ अरूको निजी सम्पत्ति, व्यक्तिगत स्वतन्त्रता, सार्वजनिक शान्ति र सामाजिक मर्यादालाई निकै महत्व दिइन्छ । जापानको फौजदारी कानुन, सार्वजनिक उपद्रवसम्बन्धी स्थानीय नियम तथा अरूको सम्पत्तिमा क्षति पुगेको अवस्थामा लागू हुने नागरिक कानुनले यस्ता घटनाको प्रकृतिअनुसार कारबाही र क्षतिपूर्तिको व्यवस्था गर्न सक्छन् ।

विशेषगरी मादक पदार्थ सेवन गरेको बहानामा कानुनबाट उन्मुक्ति पाइँदैन । अरूको घर, आँगन वा निजी क्षेत्रमा अनुमति नलिई प्रवेश गर्ने, फोहोर गर्ने, दुर्गन्ध फैलाउने वा सम्पत्तिमा क्षति पु¥याउने कार्यले कानुनी झमेला निम्त्याउन सक्छ ।

गोलबजारबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु

सिरहा । सिरहाको गोलबजार नगरपालिकामा लामो समयदेखि अवरुद् ...

सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहा जिल्लाका विभिन् ...

भगवानपुरमा ट्याक्टरका ब्याट्री चोरी गर्ने दुई जना

सिरहाको भगवानपुर गाउँपालिकाका विभिन्न स्थानबाट ट्याक्टर ...

मंसिर २ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर २ गते । बुधबार । ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब