सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

  • मंसिर २, २०८३ | ९३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहा जिल्लाका विभिन्न सीमा क्षेत्रबाट ४२ लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका अनुसार मंसिर १ गते जिल्लाका विभिन्न सीमा क्षेत्रबाट अवैध रूपमा ओसारपसार भइरहेका सामान बरामद गरिएको हो।

सशस्त्र प्रहरीले जिल्लाका विभिन्न सीमा नाकामा दिनरात गस्ती परिचालन गरेपछि भारतबाट नेपाल र नेपालबाट भारततर्फ अवैध रूपमा सामान ओसारपसार गर्ने गतिविधि नियन्त्रणमा पर्न थालेका छन्। गस्तीका क्रममा प्रहरीले दैनिक लाखौँ रुपैयाँ मूल्यका सामान बरामद गर्दै आएको छ।

सशस्त्र प्रहरीले नेपालबाट भारततर्फ लैजाँदै गरेका तथा भारतबाट नेपालतर्फ ल्याउँदै गरेका लत्ताकपडा, मोटरसाइकल, किराना सामान, सुर्ती, कस्मेटिक सामग्री, खेलौना, हार्डवेयरका सामान, पेय पदार्थ, मदिरा, चस्मा, मोटरपार्ट्स, जुत्ता, प्लास्टिकका कुर्सी, कार्पेट, सवारीसाधनका पार्टपुर्जा, स्याउ र औषधिलगायतका सामान बरामद गरेको जनाएको छ।

बरामद सामानको कुल मूल्य ४२ लाख ५३ हजार ५९३ रुपैयाँ रहेको छ। बरामद सामान आवश्यक कानुनी प्रक्रिया पूरा गरी सिरहा भन्सार कार्यालयमा दाखिला गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमन जंग थापाले जानकारी दिए।

गोलबजारबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु

सिरहा । सिरहाको गोलबजार नगरपालिकामा लामो समयदेखि अवरुद् ...

भगवानपुरमा ट्याक्टरका ब्याट्री चोरी गर्ने दुई जना

सिरहाको भगवानपुर गाउँपालिकाका विभिन्न स्थानबाट ट्याक्टर ...

मंसिर २ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर २ गते । बुधबार । ...

रक्सीले मातिएर पिसाब फेर्दा १५ करोडको फन्दामा

जापानमा रक्सी खाएर होहल्ला गर्ने, सार्वजनिक मर्यादा उल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब