भगवानपुरमा ट्याक्टरका ब्याट्री चोरी गर्ने दुई जना पक्राउ

  • मंसिर २, २०८३ | ८५ पटक पढिएको | सीमा संदेश
alt

सिरहाको भगवानपुर गाउँपालिकाका विभिन्न स्थानबाट ट्याक्टरका ब्याट्री चोरी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सप्तरीको बलान बिहुल गाउँपालिका–२ डिगिया टोलका २५ वर्षीय दिपेश कुमार यादव र २२ वर्षीय राजेश कुमार यादव रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत कात्तिक ३० गते राति भगवानपुर गाउँपालिका–३ र ५ का विभिन्न टोलबाट ट्याक्टरका ब्याट्री चोरी भएका थिए । चोरी भएको भन्दै मंसिर १ गते  प्रहरी चौकी ठाडीमा निवेदन परेपछि प्रहरीले खोजतलास सुरु गरेको थियो । खोजतलासकै क्रममा सोही दिन साँझ सप्तरीको बलान बिहुल गाउँपालिका–२ बाट भारततर्फ जाँदै गरेको बीआर ३२ एवाई ३४२१ नम्बरको मोटरसाइकलमा तीन थान ब्याट्री फेला परेको निमित्त सूचना अधिकारी नरेश लिम्बुले जानकारी दिएका छन् ।

उनका अनुसार दिपेश कुमार यादवले चलाएको उक्त मोटरसाइकलमा शंकास्पद अवस्थामा ब्याट्री लैजाँदै गरेको देखेपछि प्रहरीले रोकेर जाँच गरेको थियो । सोधपुछ तथा अनुसन्धानका क्रममा बरामद ब्याट्रीहरू भगवानपुरबाट चोरी भएका ब्याट्रीसँग मेल खाएपछि उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । थप अनुसन्धानका क्रममा राजेश कुमार यादवसमेत चोरीमा संलग्न रहेको खुलेपछि दुवै जनालाई चोरी भएका तीन थान ब्याट्री र मोटरसाइकलसहित नियन्त्रणमा लिइएको हो ।

पक्राउ परेका दुवै जनालाई इलाका प्रहरी कार्यालय लहानमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गोलबजारबाट राष्ट्रिय परिचयपत्र सेवा सुरु

सिरहा । सिरहाको गोलबजार नगरपालिकामा लामो समयदेखि अवरुद् ...

सिरहाबाट ४२ लाखभन्दा बढीको अवैध सामान बरामद

सिरहा । सशस्त्र प्रहरी बल नेपालले सिरहा जिल्लाका विभिन् ...

मंसिर २ गते बुधबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल मंसिर २ गते । बुधबार । ...

रक्सीले मातिएर पिसाब फेर्दा १५ करोडको फन्दामा

जापानमा रक्सी खाएर होहल्ला गर्ने, सार्वजनिक मर्यादा उल् ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब