सप्तरीका युवकमा काेराेना सङ्क्रमण पुष्टि, सङ्क्रमितकाे सङ्ख्या १ सय २१ पुग्याे

  • वैशाख २९, २०७७ | ३६३ पटक पढिएको |
alt

सप्तरीमा १८ वर्षीय युवकमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।

आज वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको प्रयोगशालामा गरिएको परीक्षणमा सप्तरीको डाक्नेश्वारी नगरपालिका ३ का १८ वर्षीय युवकमा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँका अनुसार क्वरेण्टीनमा रहेका युवामा कोरोना पुष्टि भएपछि उनलाई प्रादेशिक अस्पताल वीरगञ्ज लैजाने तयारी गरिएको छ ।

योसँगै नेपालमा एक सय २१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आज बिहानमात्रै कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ५ र बुद्धभूमि नगरपालिका वडा नम्बर ७ का २० र ३४ वर्षीका दुई–दुई तथा १८, १९, २४, ३०, ३१ वर्षका र उमेर नखुलेका एक जना गरी १० जनामा कोरोना पुष्टि भएको थियो ।

उनीहरु पनि क्वरेण्टीनमै रहेकाे र स्वास्थ्यकर्मीको सम्पर्कमा रहेकाे मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म कोरोना सङ्क्रमण भएका ३३ जना निको भएर घर फर्किएका छन् । बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार सङ्क्रमित आज थपिएका ११ जनासहित ८९ जना पुरुष र ३२ जना महिला छन् । 

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब