कोरोना सङ्क्रमणबाट बच्न सुर्ती, चुरोट छाेड्न आग्रह

  • वैशाख २९, २०७७ | ७३३ पटक पढिएको |
alt

कोरोना भाइरसकाे सङ्क्रमणबाट बच्न खैनी, चुराेट र सुर्तीजन्य पदार्थ छोड्न सरकारले आग्रह गरेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटले अरु व्यक्तिको तुलनामा धूम्रपान, खैनी तथा सुर्तीजन्य पदार्थ सेवन गर्ने व्यक्तिलाई कोरोनाको जोखिम धेरै रहेको भन्दै कोरोनाबाट बच्न यी अम्मललाई छाेड्न आग्रह गर्नुभएको हो । 

उहाँले यी अम्मल छाेड्दा फोक्सो तथा मुटुले पहिलेभन्दा राम्रो काम गर्ने, रोगसँग लड्ने क्षमता बढाउने, अप्रत्यक्षरुपमा परिवारका सदस्यलाई पनि फाइदा हुने भएकाले अहिलेको अवस्थालाई धूम्रपान छाड्ने मौकाको रुपमा लिन आग्रह पनि गर्नुभयो । 

यस्तै नेपालमा दुई महिनाको शिशुदेखि ८१ वर्षको वृद्धासम्मलाई कोरोना भएको र धेरै जना २० देखि ५० वर्ष उमेर समूहका रहेकाे भन्दै उमेरले कोरोना नछेक्ने भएकाले मलाई केही पनि हुँदैन भनेर अति विश्वास नगर्न पनि डाक्टर देवकोटाले आग्रह गर्नुभयो । 

वयस्क, तन्दुरुस्त भएको भन्दै हेलचेक्र्याइँ गर्दा कोरोना फैलिन सक्ने भएकाले सावधानी अपनाउन पनि उहाँको सुझाव छ । 

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब