प्रदेश २ कोरोना उच्च जोखिममा, यस्तो छ जिल्लागत अवस्था

  • वैशाख ३१, २०७७ | २९२ पटक पढिएको |
alt

मंगलबार ८३ जना नयाँ कोरोनाभाइरस संक्रमित पुष्टि भएका छन् । साँझ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको संक्रमतिको विवरण अनुसार २६ जना कोरोना संक्रमित थपिए भने दिउँसो सार्वजनिक गरिएको विवरणमा पनि ५७ जना नयाँ संक्रमित पुष्टि भएका थिए ।   यो सँगै नेपालभर संक्रमितको संख्या २१७ पुगेको  मन्त्रालयले जनाएको छ । 

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको साँझ सार्वजनिक नतिजाअनुसार पर्साका २२, २८, २८, ३२, ४५ र ६० वर्षीय महिला तथा १६, २२, २४,२५, २५, २८,२८, ३२, ५९, ५५,६१, र ६१ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको मन्त्रालयले छ।   

यस्तै महोत्तरीका १६ र ३५ वर्षीय पुरुष तथा धनुषाकी २० वर्षीया महिला र ४० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ। 

यस्तै भक्तपुरका २५ वर्षीया महिला र २७ वर्षीय पुरुष तथा काठमाडौंका ३३ वर्षीया महिला र सर्लाहीका ४५ वर्षीय पुरुषमा पनि कोरोना पुष्टि भएको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

आजै ५७ जनामा कोरोना पुष्टि भएको थियो । 

जसअनुसार कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका थिए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ । ती संक्रमित ५७ जना सबै पुरुष हुन् । 

पछिल्लो विवरणअनुसार भक्तपुर, महोत्तरी र सर्लाहीमा पहिलो पटक संक्रमण पुष्टि भएको हो  ।  यसैगरी काठमाडौंमा पनि नयाँ संक्रमित फेला परेका छन् ।  एक ३३ वर्षीया महिलामा कोरोना पुष्टि भएको हो । यसअघि काठमाडौंका ४ जनामा कोरोना पुष्टि भएपनि उनीहरु निको भइसकेका थिए ।

कुन जिल्लामा कति पुगे संक्रमित ?
मन्त्रालयकाअनुसार पर्सा ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने उदयपुरमा ३०, मोरङमा २, कपिलवस्तुमा २९, बाँकेमा २४, रुपन्देहीमा १६, काठमाडौंमा ४, धादिङ २, कैलालीमा ४, बारामा ३, धनुषामा ३, रौटहटमा ३, बागलुङमा २, चितवनमा २, झापामा २, महोत्तरीमा २, भक्तपुरमा २, बर्दियामा १, भोजपुरमा १, कञ्चनपुरमा १, सप्तरीमा १ र सर्लाहीमा १ जनामा पुष्टि भएको छ । यसैगरी हालसम्म ४३ जना कोरोना निकाे भएर घर फर्किसकेका छन् । 

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब