प्रदेश २ मा सिरहाबाहेक सबै जिल्लामा कोरोना सङ्क्रमण पुष्टि

  • वैशाख ३१, २०७७ | १,५३६ पटक पढिएको |
alt

प्रदेश २ मा मंगलबार एकै दिन ६२ जनामा कोभिड–१९ सङ्क्रमणको पुष्टि भएपछि प्रदेशभरमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको छ । 

पर्सामा ५७, महोत्तरी र धनुषामा दुई-दुई र बाराका एक जनामा मंगलबार सङ्क्रमण पुष्टि भएपछि प्रदेशभरिमा सङ्क्रमितको सङ्ख्या ९४ पुगेको हो ।
 
कुल सङ्क्रमितमा अब तीन भारतीयसहित पर्सामा मात्रै ८२ सङ्क्रमित पुगेका छन् । त्यसैगरी बारा र रौतहटमा तीन÷तीन, महोत्तरी र धनुषामा दुई-दुई र सर्लाही र सप्तरीमा एक एक जनामा सङ्क्रमण पुष्टि भएको प्रदेश २ स्वास्थ्य निर्देशनालय जनकपुरधामले जनाएको छ ।

प्रदेशका आठ जिल्लामध्ये अब सिरहामा भने अहिलेसम्मको जाँचमा सङ्क्रमण देखिएको छैन । 

कोभिड–१९ रोकथाम अभियानअन्तर्गत प्रदेश २ मा मङ्लबार मात्र २११ जनाको पीसीआर जाँचका लागि स्वाब सङ्कलन गरिएको छ । प्रदेशमा मंगलबारसम्म जम्मा तीन हजार ९ सय ३६ जनाको स्वाब सङ्कलन भएको निर्देशनालयका वरिष्ठ स्वास्थ्य अधिकृत विजयकुमार झाले जानकारी दिनुभयो ।

प्रदेशको पर्सा जिल्लामा सङ्क्रमण बढ्दै गएपछि त्यहाँ स्वाब सङ्कलन सघन बनाइएको छ । त्यसैगरी सङ्क्रमित धेरै पुष्टि भएका उदयपुरसँग सीमा जोडिएका सप्तरी र सिरहामा पनि अभियानकै रूपमा स्वाब सङ्कलन भइरहेको वरिष्ठ स्वास्थ्य अधिकृत झाले बताउनुभयो ।

अन्य जिल्लामा पनि दक्ष स्वास्थ्यकर्मीले स्वाब सङ्कलन गरिरहेका निर्देशनालयले जनाएको छ ।

प्रदेशमा हालसम्म स्वाब सङ्कलन गरिएका तीन हजार ९३६ मध्ये दुई हजार ७५० जनाको नतिजा प्राप्त भएको छ । जसमा ९४ जनाको पोजेटिभ र दुई हजार ६५६ जनाको नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये एक हजार १८६ को नतिजा आज साँझसम्म प्राप्त हुने झाको भनाइ छ ।

पछिल्लोपटक ह्वात्तै सङ्क्रमित बढेपछि यहाँका अस्पतालमा सङ्क्रमितको उपचारका शय्याको अभाव खट्किँदैछ । जनकपुरको प्रादेशिक अस्पतालमा ४२ र नारायणीमा यस्ता बिरामी ५० जना राख्न सकिने शय्या छन् । पर्साको पोखरियामा थप आठ शय्याको व्यवस्था छ । पर्सामा मात्रै ८२ सङ्क्रमित भएपछि शय्या अभाव खड्किएको हो । 

महोत्तरीको जलेश्वर अस्पताल र बाराको कलैया अस्पतालमा उपचारका लागि थप श्यया व्यवस्था गर्न लागिएको झाले बताउनुभयो । सङ्क्रमितमध्ये निको भएर घर फर्केका तीन भारतीय र एक रौतहटका व्यक्तिमा स्वास्थ्य समस्या बल्झिएपछि फेरि अस्पतालमा ल्याइएको छ । 

प्रदेशको जनकपुरस्थित प्रादेशिक अस्पताल र वीरगञ्जस्थित नारायणी अस्पतालमा स्वाब परीक्षण र सङ्क्रमितको उपचार गरिने व्यवस्था छ । प्रदेशभरिका १ सय ७९ क्वरेण्टीन केन्द्रमा एक हजार ४ सय ६८ जना र स्वास्थ्यकर्मीको प्रत्यक्ष रेखदेख हुने गरी घरमै क्वरेण्टीनमा रहनेको सङ्ख्या चार हजार ५२२ रहेको निर्देशनालयले जनाएको छ ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब