दशगजामा नेपालीलाई अलपत्र छाड्ने भारतीय शैली डब्ल्यूएचओको मापदण्ड विपरीत : शंकर पोखरेल

  • जेठ १, २०७७ | २८५ पटक पढिएको |
alt

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले कोरोना परीक्षण नगराइकन भारतले नेपालीहरुलाई सीमामा अलपत्र छाडेको भन्दै रोष प्रकट गरेका छन् । उनले भारतको यो शैली डब्ल्यूएचओको मापदण्ड विपरीत भएको पनि बताएका छन् ।

बिहीबार बिहान फेसबुक पेजमा मुख्यमन्त्री पोखरेलले लेखेका छन्, ‘विनापरीक्षण नेपालीलाई सीमामा अलपत्र छोड्ने भारतीय शैली डब्लुएचओको मापदण्ड विपरीत छ । संक्रमितलाई असुरक्षित यात्रा गराउन मिल्दैन ।’

हाल भारतले अलपत्र मजदुरहरुलाई उनीहरुको घर पठाउने नाममा बिभिन्न शहरहरुबाट मानिसहरु ओसारिरहेको छ । धेरै नेपालीहरुलाई सीमा क्षेत्रमा ल्याएर छाडिएको छ । तर नेपाल सरकारले भने भारतीय नागरिकहरुलाई नेपालमै सुरक्षित रुपमा राखेर कोरोना परीक्षण र उपचार गराउँदै आएको छ ।

सीमा क्षेत्रमा छाडिएका कतिपय श्रमिकहरु सुरक्षाकर्मीको आँखा छलेर रातिको समयमा नेपालमा भित्रिएका छन् । भारतमा लुकिछिपी नेपाल आएका धेरैजसो व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको छ । कोरोना संक्रमणम समुदायमा फैलिइसकेको छ । बिहीबार बिहानसम्म नेपालमा २ सय ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कोरोना संक्रमणको जोखिमका कारण अन्तर्राष्ट्रिय सिमाना बन्द गरिएकाले अहिले धेरै श्रमिकहरु नेपाल–भारत सीमा क्षेत्रमा अलपत्र परेका छन् ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब