आगामी वर्षको नीति तथा कार्यक्रम पारित

  • जेठ ६, २०७७ | १८६ पटक पढिएको |
alt

राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ २ गते संयुक्त सदनमा प्रस्तुत गर्नुभएकाे आगामी वर्षको लागि नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

सांसदहरु दुर्गा पौडेल, प्रेम सुवाल, मिनेन्द्र रिजाल, लक्ष्मणलाल कर्ण र सरिता गिरीले नीति तथा कार्यक्रम संशोधन गर्न माग गरे पनि मङ्गलबार बहुमतले पारित भएको छ ।

बहुमतले नीति तथा कार्यक्रम पारित भएकाले यसमा भएका व्यवस्था संशोधन हुने छैनन् । यसकै आधारमा अर्थ मन्त्रालयले बजेट बनाइरहेको छ । अब यसकै आधार सरकारले जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्नेछ ।

सरकारले यसवर्ष स्वास्थ्यलाई पहिलो प्राथमकितामा राखेर बजेट ल्याउने छ । नीति तथा कार्यक्रमले घोषणा गरेका योजनाहरुमा बजेटले आर्थिक विनियोजन गर्नेछ ।

कोभिड-१९का कारण अर्थतन्त्रमा परेको असरलाई कम गर्न पनि केही राहतको प्याकेज आउने अपेक्षा गरिएको छ । त्योसँगै शिक्षा, कृषि, रोजगारी र पूर्वाधारका विशेष कार्यक्रमहरु ल्याउने योजना सरकारले घोषणा गरिससकेको छ ।

विभिन्न राजनीतिक दल र नेताहरुले सरकारकाे नीति तथा कार्यक्रम प्रभावकारी नभएकाे भन्दै आलाेचना गर्नै आइरहेका थिए । 

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब