प्रदेश नं. २ मा कोरोना संक्रमित संख्या १ सय ३६ पुग्यो

  • जेठ ७, २०७७ | १६८ पटक पढिएको |
alt

नेपालमा हालसम्म प्रदेश ५ मा सबैभन्दा बढी १९६ जनालाई कोरोना भाइरस संक्रमण भएको छ । त्यसपछि प्रदेश २ मा १३६ जना संक्रमित भएको बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

प्रदेश १ मा ५९ जना, बागमतीमा २६ जना, सुदूरपश्चिममा ५ जना, गण्डकीमा ४ जना र कर्णालीमा १ जना संक्रमित भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले नियमित पत्रकार सम्मेलनमा जानकारी दिए ।

३८ जिल्लामा गरी अहिलेसम्म कुल संक्रमितको सख्ंया ४२७ पुगेको छ । जसमध्ये ४५ जना उपचारपछि घर फर्किएका छन् भने २ जनाको ज्यान गएको छ ।

प्रवक्ता देवकोटाले रुपन्देहीको क्रिसमन अस्पतालमा उपचाररत एक संक्रमितको मृत्यु नभएको पुष्टि गरेका छन् । ती संक्रमितको अवस्था गम्भीर रहेको देवकोटाले बताए ।

हालसम्म पीसीआर विधिबाट ३५ हजार ४ सय ९४ को परीक्षण भएको छ भने आरडीटी माध्यमबाट ७५ हजार ७२ वटा नमुना परीक्षण भएका छन् । त्यस्तै २३ हजार २ सय २ जना क्वारेन्टिनमा छन् ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब