नेपालको ४० जिल्लामा कोरोनाभाइरस, संक्रमितको संख्या ५ सय ७ पुग्यो

  • जेठ ९, २०७७ | ५९८ पटक पढिएको |
alt

शुक्रबारसम्म नेपालका ४० जिल्लामा गरी ५०७ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । जसमध्ये ३ जनाको मृत्यु भएको छ भने ७० जना स्वास्थय लाभ गरी घर फर्किसकेका छन् । बाँकी ४३४ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको र सबैको स्वास्थ्य अवस्था हालसम्म सामान्य रहेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार सबैभन्दा बढी संक्रमित बाँके जिल्लामा रहेका छन् । बाँकेमा शुक्रबारमात्रै १४ जना संक्रमित थपिँदै कूल संक्रमितको संख्या ११५ जना पुगेको छ । यस्तै २१ जना शुक्रबार नै निको भएर घर फर्किएका छन् । बाँकेपछि सबैभन्दा धेरै संक्रमित पर्सा जिल्लामा ९१ जना रहेका छन् । पर्सामा ३ जना निको भइसकेका छन् । 

यसबाहेक हालसम्म रुपन्देहीमा २९, उदयपुरमा ३३, कपिलवस्तुमा ६९, काठमाडौंमा १२, धादिङमा २, कैलालीमा ७, बारामा ४, धनुषामा    ९, रौतहटमा २२, बाग्लुङमा २, चितवनमा ५, झापामा    ३५, महोत्तरीमा ३, भक्तपुरमा    ३, बर्दियामा २, भोजपुरमा १, कञ्चनपुरमा १ जना कोरोना संक्रमित फेला परेका छन् । 

यसैगरी नवलपरासी (पश्चिम) मा ६, सप्तरीमा १, सर्लाहीमा १९, नवलपुरमा २, मकवानपुरमा २, दाङमा ५, काभ्रेमा    १, सिरहामा १, सिन्धुपाल्चोकमा १, मोरङमा ५, धनकुटामा    ७, गुल्मीमा १, खोटाङमा १, दैलेखमा    १, सुनसरीमा ३, ललितपुरमा १, लमजुङमा १, रामेछापमा १, सिन्धुलीमा    १, बैतडीमा १ र डडेलधुरामा पनि १ जनामा संक्रमण पुष्टि भएको छ । संक्रमित मध्ये सिन्धुपाल्चोक, गुल्मी र बाँकेका एक–एक गरी ३ जनाको मृत्यु भइसकेको छ । संक्रमितमध्ये बैतडी र डडेलधुरामा शुक्रबारमात्रै थपिएका हुन् । 

मन्त्रालयका अनुसार बाँके २१ र पर्साका ३ सहित रुपन्देहीमा एक जना निको भएका छन् भने उदयपुरमा २३, काठमाडौंमा ९, कैलालीमा ४, रौतहटका १, बागलुङमा २, चितवनमा २, झापामा २, भोजपुरमा १ र  कञ्चनपुरमा १ जना निको भएका छन् । 

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ३ हजार ८ सय १९ जनाको नमुना परीक्षण भएको छ । आरडिटी विधिबाट ३ हजार ४ सय २१ जनाको परीक्षण भएको छ । अहिलेसम्म विधिबाट ४२ हजार ४ सय ८८ र आरडिटी विधिबाट ८२ हजार १ सय १६ जनाको नमुना परीक्षण भएको छ । 

123_hFgBGIRaof

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब