शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या १२१२ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा थप १७० जनामा कोरोना संक्रमित पुष्टि भएको जानकारी दिए ।
आज रौतहटमा ५६, कपिलवस्तुमा ५१, झापामा २८, बाँकेमा १०, सर्लाहीमा ५ ,पर्सामा ५, सप्तरीमा ४, बारामा ४, दाङ्गमा २, नवलपरासी सुस्ता पुर्वमा २ रुपन्देहीमा १ र म्याग्दीमा १ गरी थप १७० जना कोरोना संक्रमित थपिएका छन।
यस्तै १९ जना कोरोना जितेर घर फर्किएका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमण मुक्त हुनेको संख्या २०६ पुगेको छ ।
यस्तै उपचारका क्रममा ६ जनाको मृत्यु भएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved