क्वारेन्टिनमा खाना खुवाउने विषयमा विवाद हुँदा दुई घाइते

  • जेठ १६, २०७७ | २०९ पटक पढिएको | सीमा संदेश
alt

प्युठानमा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद हुँदा प्रहरीले दुई युवकलाई कुटपिट गरेको आरोप लगाइएको छ  । मल्लरानी गाउँपालिका वडा नं ३ मुन्डाँडा क्वारेन्टिनमा खाना खुवाउने विषयमा सामान्य विवाद भएपछि दुई युवकको प्रहरीको निर्घात कुटाइबाट हात भाँचिएको पीडितले बताएका छन् ।  

घटनामा स्थानीयवासी ३० वर्षीय झविलाल खत्रीको  दायाँ हात भाँचिएको छ  भने २० वर्षीय फनबहादुर खत्री गम्भीर घाइते भएका छन् । उनको जिल्ला अस्पताल बिजुवारमा उपचार भइरहेको छ । 

जनकल्याण आधारभूत क्वारेन्टिनमा रहेकालाई खाना खुवाउने जिम्मा स्थानीयवासी खत्रीले लिएको र भात खुवाउँदा सबैलाई नपुगेपछि पुनः पकाउने भन्ने विषयमा मल्लरानी गाउँपालिकाका कार्यपालिका सदस्य चन्द्रबहादुर सार्कीसँग सामान्य विवाद भएको खत्रीले बताए ।


सामान्य विवादको विषयलाई लिएर प्रहरी बोलाइएको र  आफूहरुको कुरा नसुनी निर्घात कुटपिट गरिएको घाइते  खत्री बताउछन् ।

बुधबार बेलुका भएको घटनापछि घाइते आज मात्रै अस्पताल पुगेका छन् ।  वडाध्यक्ष गिरिराज पौडेलले मदिरा सेवन गरी विवाद गरेकाले प्रहरीलाई आफूहरुले बोलाएको तर क्वारेन्टिनमा कुनै कुटपिट नभएको जिकिर गरे ।  

प्रहरीचौकी चुजाँठाटीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भीमबहादुर वलीले आफूले सम्झाइबुझाइ मात्र गरेको र हात भाँचिएको विषय थाहा नभएको बताए । रासस

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब