सिरहा । सर्लाहीमा थप ४ जना कोरोना भाइरसको संक्रमण देखिएको छ । योसँगै सर्लाहीमा कूल संक्रमितको संख्या ४४ पुगेको छ ।
सर्लाहीको कौडेना गाउँपालिकाका २ जना संक्रमित रहेका छन् । कौडेना गाउँपालिका-१ का २१ वर्षीय र वडा नं. २ का १९ वर्षीय पुरुष हुन् ।
त्यस्तै सदरमुकाम मलंगवाका २ जना संचारकर्मी समेतमा कोरोना पोजिटिभ देखिएको छ । मलंगवा १० का २६ वर्षीय र मलंगवा-९ की ३० वर्षीया संचारकर्मी रहेका छन् । संचारकर्मी गत सोमबार पीसीआरका लागि स्वाब संकलन गराएका थिए ।
यसअघि गोडैता नगरपालिकामा २६, मलंगवा नगरपालिकामा ७, रामनगर बहुअर्वा गाउँपालिकामा २, धनकौल गाउँपालिकामा १, हरिपूर्वा नगरपालिकामा १, कविलासी नगरपालिकामा १, हरिवन नगरपालिकामा १ र बागमति नगरपालिकामा १ जना फेला परेका हुन् ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved