सिरहा । प्रदेश २ मा पछिल्लो २४ घण्टामा ९६ जना कोरोना संक्रमित थपिएको छ । रौतहटमा ७३ जना, सप्तरीमा ५ जना, धनुषामा १ जना, सर्लाहीमा ४ जना, बारामा ४ र पर्सामा ५ जनामा कोरोना संक्रमण पुष्टि प्रदेश २ को समाजिक विकास मन्त्रालयका सचिव डा.रामप्रसाद घिमिरेले जानकारी दिए ।
यससंगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या ४ सय ९६ पुगेको छ भने ९८ जना उपचार पश्चात निको भएर घर फर्केको उनले बता बताए । देशभरि शुक्रबार ४ बजेसम्म कोरोना संक्रमितको संख्या १ हजार २ सय १२ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।
स्वाब र क्वारेन्टाइन
यस प्रदेशमा अहिलेसम्म ११ हजार ६२६ को स्वाबको नमूना सङ्कलनको नमूना सङ्कलन गरिएकोमा आठ हजार ९७६ जनाको रिपोर्ट नेगेटिभ आएको छ भने दुई हजार १५४ जनाको रिपोर्ट आउन बाँकी रहेको सचिव डा घिमिरेले बताउनुभयो ।
यस प्रदेशमा भारतबाट फर्कनेको सङ्ख्या बढ्दै गएपछि क्वारेन्टाइनको सङ्ख्या पनि थप गरिएको छ । यस प्रदेशअन्तर्गतका विभिन्न जिल्लामा क्वारेन्टाइनको सङ्ख्या ३४२ रहेको छ भने श्ययाको सङ्ख्या २२ हजार ५१० रहेको छ । होम क्वारेन्टाइनमा छ हजार १८९ जना र आइसोलेसनमा २३६ जना बसेका छन् । आइसोलेसनमा श्ययाको सङ्ख्या ६६५ रहेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved