सिरहा । सिरहामा आईसोलेसन भर्ना हुनेको संख्या २२ जना रहेका छन । कोरोना भाइरस पुष्टी भएको कुल संख्या १४ पुगेको छ । हाल सम्म १ हजार १ सय २८ जनाको स्वाब संकलन गरी परिक्षणका लागि कठमाडौँ टेकु प्रयोगशालामा पठाएको छ ।
जेष्ठ १६ गते शुक्रवार बेलुका सम्ममा कुल ८६७ जनाको पिसिआर परिक्षण रिर्पोट सर्वजनिक गरिएको छ । २६१ जनाको परिक्षण रिर्पोट अझै आउन बाँकी रहेको छ ।
सिरहा जिल्लाको १७ स्थानियतहका २४ वटा स्थाई र ६ वटा स्थाई क्वारेन्टाइनमा गरीएको परिक्षणमा ८५३ जनाको रिर्पोट निगेटिभ आएको छ भने १४ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले जानकारी गराउनु भएको छ ।
जिल्लामा संस्थागत क्वारेन्टाइन बस्नेको संख्या १ हजार ५ सय ८६ पुगेका छन । होम क्वारेन्टाइनमा २ जना रहेका छन । हाल सम्म अरडिटी किटबाट ७ सय ३२ जनाको परिक्षण गरिएको छ । जस मध्ये ७ सय २८ निगेटिभ र ४ जनाको रिर्पोट पोजेटिभ देखिएको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved