सप्तरीमा थप ९ जना कोरोना संक्रमित, संक्रमित संख्या ४२ पुग्यो

  • जेठ १७, २०७७ | ६१३ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । सप्तरी जिल्लामा एक महिलासहित थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा डाकनेश्वरी नगरपालिकाका एक महिलासहित ९ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

९ जना थपिएपछि डाकनेश्वरी नगरपालिकामा कोरोना संक्रमितको संख्या १२ पुगेको छ । शनिबार थपिएकामध्ये सबैजना भारतबाट आएका र १८ वर्षदेखि ७० वर्ष उमेर समूहका रहेको स्वास्थ्य प्रमुख यादवले बताए । शनिबार बिहानसम्म जिल्लामा कोरोनाबाट संक्रमित हुनेको संख्या ४२ पुगेको छ । संक्रमितको संख्या दैनिक रुपमा बढ्दै गएको छ । तर जिल्लामा संक्रमितलाई राख्न आइसोलेसन कक्षको भने अभाव छ ।

गजेन्द्रनारायण सिंह अस्पतालमा २४ जनालाई राखिएको छ । बाँकी संक्रमितलाई समबन्धित पालिकाकै क्वारेन्टाइनमै राखिँदा अन्यमा पनि कोरोना संक्रमण फैलिने हो कि भन्ने चुनौती थपिएको छ । शनिबार साँझसम्म नयाँ ठाउँमा आइसोलेसन कक्ष बनाउने गरी तयारी भइरहेको जिल्ला स्वास्थ्य प्रमुख यादवले बताए ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब