नेपालमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् ।
हालसम्म कोरोना निको भएर २१९ जना घर फर्किएको पनि मन्त्रालयले जनाएको छ । यस्तै हालसम्म ६ जना संक्रमितको मृत्यु समेत भएको छ ।
यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ ।
प्रदेश २ मा पछिल्लो २४ घण्टामा ५७ जना संक्रमित थपिएका छन् । सप्तरीमा ९ जना, सिरहामा ११ जना, धनुषामा ७ जना, महोतरी ४ जना, सर्लाहीमा १७ जना, रौतहटमा ६ जना, बारामा १ जना र पर्सामा २ जनामा कोरोना संक्रमण पुष्टि भएको प्रदेश २ को समाजिक विकास मन्त्रालयका सचिव डा. रामप्रसाद घिमिरले जानकारी दिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved