कोरोना महामारी संग जुध्न खानेपानी सरसफाई र स्वच्छतामा जोड दिदै सबल नेपाल

  • जेठ १७, २०७७ | १,८५३ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । स्थानीय स्तर मा सबल नेपाल को वाश परियोजना भनेर चिनिने जर्मन सरकार को सहायता संस्था BMZ/VCA र WHH को सहयोग मा सबल नेपाल ले सन्चालन गरेको “सिरहा जिल्लाको सामाजिक परिबर्तनका लागि खानेपानी, सरसफाई, स्वच्छता तथा सुशासन सवलिकरण परियोजना”(Strengthening Municipal Wide WASH Governance for Social Change in Siraha District-NPL-1060-18 Project), ले कोभिड -१९ को महामारी र बन्दा बन्दि का बिच सिरहा जिल्ला को सिरहा , कल्याणपुर र कर्जन्हा नगरपालिका का विभिन्न स्थानिय समुदाय मा खानेपानी का लागि डिप हाते कल जडान कार्य सुचारु गरेको छ । परियोजना संयोजक केशब राज पन्त का अनुसार सबल नेपाल ले सन्चालन गरेको  वाश परियोजना अन्तर्गत तिन ओटै नगरपालिका का अति गरिब, बिपन्न र पूर्ण  सरसफाई उन्मुख टोल हरुमा रहेको खानेपानी समस्या को समाधान को लागि नगरपालिका र वडा हरु को सहकार्यमा खानेपानी का विभन्न योजना हरु स्थानीय जन प्रतिनिधि कै अनुरोध मा कोभिड -१९ को महामारी र बन्दा बन्दि का बिच पनि सन्चालन गरिएको हो।

11

खानेपानी को चर्को अभाव झेली रहेका सिराहा नगरपालिका को वार्ड नम्बर १९ स्थित डोम बस्ति का १२ घरधुरी लाई पुग्ने गरि वडा अध्यक्ष को अगुवाई मा २ ओटा हाते कल जडान कार्य सम्पन्न गरि पानी को गुणस्तर मापन कार्य सुरु भएको छ भने सिरहा नगरपालिका कै वार्ड नम्बर १ को मुसहरी बस्ति मा पनि वडा कार्यालय कै अनुरोध मा २ ओटा हाते कल जडान गरि मुसहरी समुदाय को बर्षौ देखि को खानेपानी समस्या को समाधान गरिएको छ । कल जडान पछि स्थानीय बासिन्दा ले बर्षौ देखि अर्काको घरमा गएर पानि माग्नुपर्ने समस्या बाट आफु हरु मुक्त भएको भन्दै नयाँ जडान गरिएका हाते कल बाट पानी थापेर खुसि साटासाट गरेका छन। आफ्नै जिम्मा मा खानेपानी को नयाँ कल पाएपछि प्रफुल्लित भएका स्थानीय ले यस संस्था बाट उपलब्ध भएका हाते  कल को संरक्षण र मर्मत सम्भार को लागि आफु हरु मिलेर काम गर्ने बताउनु भयो। 

13

सबल नेपाल को वाश परियोजना ले झन्डै एक बर्ष पहिले देखि अति गरि र बिपन्न समुदाय मा स्वस्छ खानेपानी का लागि विभन्न उपाय हरु को खोजि गर्दै आए पनि गत चैत्र महिना बाट मात्र खानेपानी का लागि हातेकल निर्माण कार्य सुरु गरेको परियोजना कि कर्जन्हा नगरपालिका हेर्ने वाश अधिकृत ममता बर्मा ले बताउनु भयो। परियोजना का प्राबिधिक वाश अधिकृत ई. नितिश झा को नेतृत्व मा रहेको प्राबिधिक कर्मचारी हरुको समूह ले कोभिड -१९ को महामारी बिरुद्द उचित सुरक्षा मापदण्ड अपनाई निमियत रुप मा काम गरि रहेकोछ । सरसफाई र स्वस्छता को विकास का लागि स्वच्छ खानेपानी पहिलो आवश्यकता भएको र गरिब समुदाय मा देखिने पोषण सम्बन्धि का समस्या पनि सरसफाई र स्वच्छता संग सिधै सम्बन्ध राख्ने हुना ले यस परियोजना ले पहिलो चरण मा तिन वटै नगरपालिका का अति बिपन्न बस्तिहरु र केहि सरकारी बिध्यालयहरु मा गरि ९० ओटा ठाउँ मा हाते कल जडान गर्ने उदेश्य का साथ सिरहा नगरपालिका र कल्याणपुर नगरपालिका का विभिन्न ठाउँ मा काम सुरु भएको र कर्जना नगरपालिका को धेरै जसो भाग मा जमिन को केहि फिट भित्र नै ढुंगा लाग्ने हुनाले केहि दिन पछि सुरु गरिने कुरा परियोजना कि अधिकृत अर्चना यादव ले बताएकि छन्।  पहिलो चरण मा तिन वर्ष को योजना का साथ सन २०१८ को अन्त तिर सुरु भएको  यस परियोजना लाई प्रभाबकारी र समय अनुकुल सन्चालन गर्न केहि महिना अघि मात्र प्राकृतिक श्रोत ब्यबस्थापन का साथै ग्रामिण अर्थशास्र का जानकार केशब राज पन्त लाई परियोजना संयोजक मा नियुक्त गरिनु का साथै निर्माण कार्य संग सम्बन्धित सबै कार्य को प्रभाकारी कार्यन्वयन गर्न प्राबिधिक वाश अधिकृत को रुपमा ई. नितिश झा लाई नियुक्त गरिएको थियो। परियोजना मा जिम्मेवारी समाले लगत्तै परियोजना संयोजक पन्त ले यस परियोजना का मुख्य उदेश्य संग सरोकार राख्ने परियोजना का अधिकृतहरु र मातहतका पूर्णकालिन तथा अल्पकालीन गरि ६ दर्जन भन्दा बढी कर्मचारी हरु लाई खानेपानी सरसफाई र स्वच्छताको सवाल मा थप जिम्मेवार बनाउन जोड दिदै आउनु भएकोछ।

12 1

समुदाय स्तर मा स्वस्छ खानेपानी को विकास का लागि यस परियोजना ले कर्जन्हा नगरपालिका को वार्ड नम्बर १ मा बल्टिया खानेपानी योजना को निर्माण नगरपालिका संग को सह कार्य अघि बढाएको छ । झन्डै ६ सय घरपरिवार लाई दिगो रुप मा खानेपानी व्यवस्था गर्न यस परियोजना का  प्राबिधिक वाश अधिकृत ई. नितिश झा, WHH  का प्रबधिक ई. कमल चापागाई, नगरपालिका प्राबिधिकहरु र नेक्सस टेक्नोलोजी का प्राबिधिक हरु ले तयार परेको डिजाइन का साथै लागत अनुमान को आधार मा सबल नेपाल र कर्जन्हा नगरपालिका को लगानी सझादेरी हुने गरि पहिलो चरण को निर्माण ठेक्का खुल्ला गरि ठेकेदार कम्पनि छनौट कार्य सम्पन्न भएको छ। त्यस्तै सिरहा नगरपालिका को वार्ड नम्बर १८ को कुर्मी टोल का बासिन्दा को बर्षौ देखिको खानेपानी समस्या समाधान को लागि पनि कुर्मी टोल का सबै घरधुरी लाई पुग्ने गरि सिरहा नगरपालिका र सबल नेपाल को सहकार्य मा  कुर्मी खानेपानी योजना निर्माण को चरण मा छ। यस का साथै यस परियोजना ले कोभिड -१९ को महामारी रोकथाम का लागि तिन ओटै नगरपालिका को सहकार्यमा नगरपालिकाहरु ले सन्चालन गरेका क्वारेन्टिन, स्वास्थ्य संस्था र केहि बजार क्षेत्र मा समेत पर्ने गरि वाश स्टेशन निर्माण र जडान गर्ने कार्य लाई तिब्रता दिएकोछ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब