नेपाल भारत दशगजा क्षेत्रमा भारतीय नागरिकको अलपत्र अवस्था

  • जेठ १७, २०७७ | ५६७ पटक पढिएको | बैधनाथ कुमार यादब
alt

सिरहा बरियारपट्टी । सिरहाको बरियारपट्टी नाकाको नेपाल भारत दशगजा क्षेत्रमा भारतीय नागरिक अलपत्र अवस्थामा कष्ठकर जिवन बिताई रहेको छ । 
ईटा उधोगमा काम गर्न आएको भारतीय नागरिक लकडाउनमा उधोग बन्द भएपछि घर फर्किन क्रममा दशगजा क्षेत्रमा अलपत्र परेका छन । सिरहा जिल्लाका विभिन्न ईटा उधोगमा कार्य गर्ने १८० जना भारती दशगजा क्षेत्रमा बास बसेका छन । कोरोना र खुला वासको त्रासले उनीहरुमा विभिन्न शारिरीक ताथ मांशिक समस्या पनि देखिएका छन । भारतीय सुरक्षा बलले उनीहरुलाई प्रवेश गर्न रोकी कुटपिट र दुरव्यवहार गरेपछि नेपाल क्षेत्रका गाउँमा भिख मागी गुजारा गरिरहेका छन ।

लकडाउनका कारण घर फर्किन क्रममा भारतीय सीमा सुरक्षा बलले उनीहरुलाई रोकेका छन । खाना बस्न कुनै व्यवस्था नभएको कारण दशगजा क्षेत्रमा रुने कराउने गरेको सीमा संदेश सामाचारदाता संतोष कुमार यादबले बताउनु भयो ।

नेपालमा भारतबाट आएको नेपाली नगरिकलाई क्वारेनटाइन व्यवस्थापन गर्न समस्या भईरहेको कारणले यती धेरै संख्यामा भारती नागरिकलाई कहाँ व्यवस्थापन गर्ने बरियारपट्टी गाउँपालिका अध्यक्ष संतोष महतोले बताउनु भयो । भारत सरकारले आफ्नो नागरिकलाई सहज रुपमा भित्रियाउनु पर्छ न त उनीहरुका सम्पूर्ण व्यवस्थापन गर्नु पर्छ । हामीले कति दिन सम्म सहयोग गर्ने । भारतीय सरकारले यो समस्या प्रति गम्भिर रुपमा चासो लिई आफ्ना नागरिकलाई भित्रियाउन अध्यक्षले अनुरोध पनि गर्नु भयो ।

भारतको सरकार आफ्नै नगरिकलाई कुनै किसिमको सहयोग नगरेपछि बरियारपट्टीका युवा संगठनले खाना बस्ने व्यवस्थापन मिलाएको छ । आवस्था हेरेर माया लागेपछि गाउँमा चन्दा जुटाई सहयोग गरिरहेको युवा संगठनले बातए ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब