सप्तरीमा थप १२ जनामा काेराेना संक्रमित पुष्टी, संक्रमितको संख्या ५४ पुग्यो

  • जेठ १८, २०७७ | ४६९ पटक पढिएको | सीमा संदेश
alt

सप्तरीमा थप १२ जनामा कोरोना संक्रमित पुष्टी भएको छ । राजगढ गाउँपालिकाको विभिन्न वडा घर भएका उनीहरु ९ दिन अघिमात्र भारतबाट घर फर्केका हुन् ।

उनीहरुलाई सोही गाउँपालिकास्थित एक विद्यालयको क्वारेन्टाइन केन्द्रमा राखी स्वाब संकलन गरि परिक्षणका लागि तीन दिन अघि धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो ।

आइतबार दिइसो प्राप्त रिपोर्टले उनीहरुमा कोरोना पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयाे ।

आइसोलेसन बेडको अभावका कारण संक्रमित सबैलाई अहिले सोही गाउँपालिकाको क्वारेन्टाइन केन्द्रमा छुट्टै कोठामा राखिएको बताउनुभयाे ।

सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अन्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले संक्रमितको संख्या बढ्दै गएपछि आइसोलेशन बेडको अभाव भएकाले लामो समयदेखी बन्द रहेको यहाँस्थित साई कृष्ण मेडिकल कलेजमा ५७ बेडको थप आइसोलेशन कक्ष निर्माण कार्य अन्तिम चरणमा पुगेको बताउँदै उहाले संक्रमण पुष्टि भई क्वारेन्टाइनमै बसिरहेका संक्रमितहरुलाई आइतबारै रातीसम्म ल्याई आइसोलेशन कक्षमा राख्ने तयारी भइरहेको जानकारी दिनुभयाे ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब