जटही नाकामा कार्यरत नेपाली सेनामा कोरोना पुष्टि

  • जेठ २०, २०७७ | १८८ पटक पढिएको | सीमा संदेश
alt

धनुषामा मंगलबार थपिएका चारजना कोरोना संक्रमितमध्ये एकजना नेपाली सेना रहेको पुष्टि भएको छ । योसँगै हालसम्म धनुषामा कोरोना संक्रमितको संख्या ८१ पुगेको छ ।

धनुषाका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार संक्रमित सेना धनुषाको जटही नाकामा अभिलेख राख्ने काम गर्दै आएका थिए । मंगलबार कोरोना भाइरसको संक्रमण पुष्टि भएका नेपाली सेनासहित चारैजनालाई धनुषाको लक्ष्मीनिया गाउँपालिकास्थित बीपी मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा पठाइएको सीडीओ निरौलाले बताए ।

नेपाली सेनाले निमार्ण गरेको बीपी मेमोरियल पोलिटेक्निकल ईन्टिच्यूटको आइसोलेसन कक्षमा हालसम्म ६ जना महिला र ५३ जना पुरुषगरी कुल ५९ जना कोरोना संक्रमितहरुको उपचार भइरहेको बताइएको छ ।

प्रदेश २ का सामाजिक विकास मन्त्रालयले नियमित रुपम आयोजना गर्दै आएको मिडिया बिफीगं मार्फत सप्तरीमा १ जना, सिरहामा १७ जना, धनुषामा ४ जना, महोत्तरीमा २ जना, सर्लाहीमा २१ जना, रौतहटमा ७४ जना र बारामा १ जना गरी प्रदेश २ मा आज १२० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

त्यसैगरी, धनुषाको धनौजी गाउँपालिकास्थित शंकर माध्यमिक विद्यालयको क्वारेन्टाइनका १ जना, नगराइन नगरपालिका गंगुलीस्थित प्रादेशिक क्वारेन्टाइनका १ जना र धनुषा जिल्लाकै हंसपुर नगरपालिकास्थित नवापुर माध्यमिक विद्यालय क्वारेन्टिनका २ जना पुरुषमा संक्रमणको पुष्टि भएको छ । उनीहरु तीनैजना भारतबाट फर्केर क्वारेन्टिनमा बसेका थिए ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब