सप्तरीमा क्वारेन्टिनमा बसेकाले गरे सडक अवरुद्ध

  • जेठ २१, २०७७ | ३,१७१ पटक पढिएको | सीमा संदेश
alt

सप्तरी । सप्तरीमा क्वारेन्टिनमा बसेकाहरुले बुधबार हुलाकी सडक अवरुद्ध गरेका छन् । प्रहरी हिरासतमा जसरी थुनेर मात्रै राखेको भन्दै उनीहरुले सडक अवरुद्ध पारेका हुन् ।

बोदे बर्साइन नगरपालिका–५ स्थित चन्द्र माविको क्वारेन्टिनमा बसेका व्यक्तिहरुले कोरोना परीक्षणको लागि कुनै प्रक्रिया अगाडि नबढाएकोप्रति असन्तुष्ट प्रकट गर्दै आन्दोलित भएका हुन् । उनीहरुले क्वारेन्टिन अगाडिको हुलाकी सडक अवरुद्व गरेका हुन् ।

क्वारेन्टिनमा बस्दै आएका प्रकाश मण्डलले भने, ‘भारतबाट आएर बसेको २० दिन भइसक्यो । कोरोना परीक्षणका लागि स्वाब समेत संकलन गरिएको छैन । कोरोना पनि परीक्षण नगर्ने र घर पनि जान नदिएका कारण बाध्य भएर सडक अवरुद्ध गर्नु परेको हो ।’

उक्त क्वारेन्टिनमा बुधबारसम्म १ सय ७ जना रहेका छन् । यसमध्ये ९२ जना दुई साताभन्दा बढी समयदेखि बस्दै आएको क्वारेन्टिन इन्चार्ज ऐयुब राइनले बताए । ‘यसमध्ये हालसम्म २ जनाको मात्रै स्वाब संकलन भएको छ,’ राइनले भने, ‘बाँकीको स्वाब समेत संकलन नहुँदा घर जान छट्पटाइ रहेका छन् ।’

जेठ ३ गतेयता भारतबाट आएको व्यक्तिहरु क्वारेन्टिनमा बस्दै आएको राइनले बताए ।

साउन ३१ गते आइतबार,यस्तो छ तपाईंको राशिफल

आजको पञ्चाङ्ग वि.सं.२०८३ साल साउन ३१ गते । आइतबार । ...

‘वल्र्डलिंकको सेवामा ठगी’

गोलबजार । इन्टरनेट सेवाप्रदायक कम्पनी वल्र्डलिंक   ...

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको शक्तिशाली भूकम्प

शनिबार बिहान पूर्वी इन्डोनेसियाको फ्लोरेस टापुमा ७.७ म् ...

४३ वर्षदेखि फरार अभियुक्त पक्राउ

नयाँ वर्षको अवसरमा गाउँमा रहेको मन्दिरमा बोका चढाउ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब