काठमाडौं । शुक्रबार थप २७८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २९१२ पुगेको छ ।
आज सुनसरीका २१, झापाका १२, मोरङ्ग ६ ,अर्घाखाचीका १, नवलपरासीका २, पाल्पाका १,रुपन्देहीका १८, सिन्धुलीका २ ,बाराका ३,तनहुका २,भोजपुरका ५, कैलालीका ४, अछामका १, बझाङ्गका १,डडेलधुराका ५,रामेछापका १७,काभ्रेका ५, दैलेखका ९०, जुम्लाका ६,सुर्खेतका १,धनुषाका ४,गुल्मीका १, कपिलवस्तुका ४४,कास्कीका १,महोत्तरीका १७, रौतहटका ६ र दाङका १ गरी थप २७८ जना कोरोना संक्रमित थपिएका छन।
यससंगै नेपालमा कोरोना संक्रमितको संख्या २९ सय १२ पुगेको छ भने मृत्यु हुनेको संख्या ११ पुगेको छ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले हालसम्म ३३३ जनाले कोरोनाभाइरसको संक्रमण जितेर घर फर्किएको पनि शुक्रबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिए ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved