सप्तरी । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा गरिएको परीक्षणमा सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नयाँ संक्रमण पुष्टि भएकामा २ महिला र ५ पुरुष रहेको जिल्ला स्वास्थ्य प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनीहरू केही दिनअघि भारतबाट आएका थिए ।
योसँगै सप्तरीमा संक्रमितको संख्या ७७ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved