नेपालमा विगत २४ घण्टामा थप ३२३ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको छ।
योसँगै शनिवार अपराह्णसम्म देशभरि पुष्टि भएका सङ्क्रमितको कुल सङ्ख्या ३,२३५ पुगेको छ।
तीमध्ये ३६५जना निको भएको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए।
अहिले फेला परेका सङ्क्रमितहरू विभिन्न जिल्लाका हुन्। प्रदेश नं २ र ५ मा कोभिड-१९ भएका व्यक्तिको सङ्ख्या सर्वाधिक छ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved