सिरहा । सिरहामा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
भगवानपुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका १७ र १८ वर्षिय दुई पुरुषमा कोरोना भाइरस संक्रमित पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख कृष्णदेव यादबले बताउनु भयो।
प्रदेश प्रयोगशाला जनकपुरधामले सर्वजनिक गरेको परिक्षण रिर्पोटमा दुई जना पोजेटिभ फेला परेको जानकारी गराएको छ । उनीहरुको जेष्ट १७ गते स्वाब संकलन गरी परिक्षणका लागि पाठएको थियो ।
संक्रमितलाई आसुलेशनमा ल्याउने तयारी भईरहेको छ । संक्रमित दुई जना भारतबाट आएको थियो ।
सिरहामा कोरोना भाइरस संक्रमितको कुल संख्या ४९ पुगेको छ ।
Copyright © 2020 / 2026 - Seema Sandesh Daily.com All rights reserved