प्रदेश २ मा कोरोना संक्रमितको कुल संख्या १ हजार ३ सय २३ पुग्यो

  • जेठ २६, २०७७ | २५४ पटक पढिएको | सीमा संदेश
alt

सिरहा । पछिल्लो २४ घण्टामा प्रदेश नम्बर २ मा १ सय ७४ जनामा कोरोना भाइरस पुष्टि भएको छ । योसँगै प्रदेश २ मा कोरोना संक्रमितको संख्या १३ सय २३ पुगेको छ । जसमध्ये २ सय २६ जना कोरोना संक्रमित उपचारपछि निको भएका छन् ।

सात जना महिला र १ सय ६७ जना पुरुषगरी कुल १ सय ७४ जनामा कोरोना भाइरस पुष्टि भएको प्रदेश २ का सामाजिक विकास मन्त्रलयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

उनका अनुसार सोमबार सर्लाहीमा अहिलेसम्मकै सबैभन्दा बढी संक्रमित थपिएका छन् ।

कुन जिल्लामा कति संक्रमित

सोमबार सबैभन्दा बढी सर्लाही जिल्लामा १ सय २० जनामा कोरोना पुष्टि भएको छ ।

त्यसैगरी सप्तरी जिल्लामा १६ जना, महोत्तरी जिल्लामा १२ जना, रौतहट जिल्लामा ११ जना, बारा जिल्लामा ७ जना र पर्सा जिल्लामा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले जानकारी दिए ।

कहाँ–कहाँ थपिए संक्रमित

सप्तरीको बलान विहुल गाउँपालिका ३ स्थित क्वारेन्टाइनमा ३७ वर्षीय महिला एकजना, १२ र १८ वर्षीय किशोर २ जना, १९ देखि ४० वर्षका १२ जना र अर्का ४५ वर्षका पुरुष गरी १६ जनामा कोरोना पुष्टि भएको छ ।

महोत्तरीको औरही नगरपालिकाको क्वारेन्टाइनमा रहेका १९ देखि ४० वर्षका ७ जना र सोही क्वारेन्टाइनमा रहेका ४० देखि ६० वर्षका २ जना गरी ९ जना पुरुषमा कोरोना भाइरस पुष्टि भएको छ । महोत्तरीकै जलेश्वर नगरपालिकाको क्वारेन्टाइनमा १८ वर्षीय किशोर र १९ देखि ४० वर्षका २ जना पुरुष गरी ३ जनामा कोरोना पुष्टि भएको सचिव घिमिरेले बताए ।

सर्लाहीको विष्णु गाउँपालिकको क्वारेन्टाइनमा १ देखि १८ वर्षका ४ जना, १९ देखि ४० वर्षका ३० जना र ४५ वर्षीय पुरुषमा गरी ३५ जनामा कोरोना पुष्टि भएको छ । त्यसैगरी सर्लाहीकै बह्रमपुरी गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३८ जनामा कोरोना पुष्टि भएको छ ।

त्यस्तै चक्रघट्टा गाउँपालिकामा रहेको क्वारेन्टिनमा १५ जना पुरुष, बलरा नगरपालिकामा रहेका ८ जना र इश्वरपुर नगरपालिकाको स्थानीय क्वारेन्टिमा रहेका १८ जना र रामनगर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ३७ वर्षीय परुषमा कोरोना भाइरस पुष्टि भएको सचिव घिमिरेले बताए ।

रौतहटको इशनाथ नगरपालिकाको क्वारेन्टाइनमा रहेका १ जना, परवा नगरपालिकामा ५ जना, गौर नगरपालिकामा १ जना, गढीमाई नगरपालिकामा ४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।

त्यसैगरी बाराको सुवर्णा गाउँपालिकामा ३ वर्षीया बालिका र २८ वर्षीया महिला सहित ४ जनामा, पचरौता नगरपालिकामा ३ जनामा कोरोना भाइरस पुष्टि भएको छ । पर्साको जगरनाथपुर गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २५ वर्षीया महिला र ५५ वर्षीय पुरुष सहित ८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब