घिउ खान डराउनुपर्दैन

  • जेठ २७, २०७७ | ६६२ पटक पढिएको | डा. प्रकाशराज रेग्मी (मुटुरोग विशेषज्ञ) ।
alt

(नेस) । भातमा घिउ मुछेर खान धेरैले मीठो मान्छन् तर रोग लाग्ला कि भनी डराई–डराई खान्छन् । किनभने घिउले शरीरमा चिल्लो, बोसो र कोलेस्टेरोल बढाउँछ अनि यसबाट विभिन्न प्रकारका रोग लाग्छन् भन्ने डर मानिसको मनमा पसेको छ । कोही रोगी रहेछ भने उसको त्यो रोग बढेर हृदयघात, मस्तिष्कघातजस्ता खतरनाक स्थिति उत्पन्न हुन्छ भन्ने डर पसेको हुन्छ । वास्तवमा स्वस्थ मानिसले मात्र होइन उच्च रक्तचाप, मधुमेह, मुटुरोगी, मिर्गौला रोगी आदिले समेत विचार पुर्रयाएर खाने हो भने घिउ खान कति पनि डराउनुपर्दैन ।

घिउ चिल्लो पदार्थ हो, जसमा भिटामिन ‘ए’ र ‘ई’ प्रशस्त मात्रामा पाइन्छ । यसमा एन्टिअक्सिडेन्टहरू र अन्य पौष्टिक तत्वहरू धेरै पाइन्छ । यो स्याचुरेटेड फ्याट हो । यसबाट शरीरमा प्रशस्त मात्रामा असल र खराब दुवै प्रकारका कोलेस्टेरोलको निर्माण हुन्छ । स्याचुरेटेड फ्याटले मुटुरोग बढाउँछ, हृदयघात गराउँछ भन्ने सोचाइ आज पनि व्याप्त छ । यसकारण मानिसमा घिउ खान डर छ । तर आज धेरै ठूला–ठूला अनुसन्धानहरूले यो डरलाई मेटाइदिएका छन् । विचार पुर्रयाएर घिउ खाँदा फाइदा मात्र छ, बेफाइदा छैन ।

विचार पुर्रयाएर घिउ खाने भनेको के हो रु यसबारे छोटो चर्चा गर्न चाहन्छु । यी अध्ययन, अनुसन्धान र मेरा व्यक्तिगत अनुभवबाट प्राप्त तथ्यहरू हुन् ।

१. घिउलाई धुवाँ उड्ने विन्दुसम्म ततायो भने यसमा भएका पौष्टिक तत्वहरू नष्ट हुन्छन् र यसले बेफाइदा गर्न सक्छ । घिउ खाँदा धेरै तताएको घिउ खानुहुँदैन । घिउ नतताईकन अथवा थोरै मात्र तताएर भात वा अन्य खानामा मिसाएर खाँदा स्वादिलो पनि हुन्छ, फाइदा पनि गर्छ । थोरै घिउले खाना पचाउनसमेत मद्दत पुर्रयाउँछ ।

२. मानिसले चिल्लो पदार्थ सकेसम्म कम खानुपर्छ भन्ने धारणा गलत छ । शरीरलाई चिल्लो चाहिन्छ । चिल्लो कम भयो भने दिमाग, नसा, कलेजो, छाला आदिलाई अप्ठेरो पर्न सक्छ, रोग लाग्न सक्छ । खानाबाट शरीरले प्राप्त गर्ने सम्पूर्ण क्यालोरी ९इनर्जी० को एक तिहाइ चिल्लोबाट प्राप्त हुन्छ । यो चिल्लो स्याचुरेटेड वा अनस्याचुरेटेड (घिउ वा तेल) जुनसुकै प्रकारको भए पनि फरक पर्दैन । कुरा चिल्लो पदार्थको मात्राको हो, प्रकारको होइन । यो विल्कुलै नयाँ सोचाइ हो । घिउको चिल्लोले बेफाइदा गर्ने अनि तेलको चिल्लोले फाइदा गर्ने भन्ने कुरा गलत छ । तोरीको तेलले मुटु बलियो बनाउँछ, सूर्यमुखी तेलले स्वास्थ्यलाई फाइदा गर्छ भन्ने कुरा तथ्यहीन प्रचारबाजी मात्र हो । यो तेलको व्यापार बढाउन गरिएको विज्ञापन मात्र हो । १ देखि २ चम्चाम्म शुद्ध घिउ दिनदिनै खाँदा कुनै बेफाइदा छैन । उच्च रक्तचाप, मधुमेह र मुटुरोगीले समेत कम मात्रामा घिउको स्वादको मज्जा लिन सक्छन् ।

३. विचार पुर्रयाउनुपर्ने कुरा यो छ कि घिउ धेरै खानुहुँदैन । घिउ नपच्ने समस्या भएकाहरूले खानुहुँदैन । थोरै घिउ खाँदा पनि धेरै कोलेस्टेरोल बढ्ने वंशाणुगत खतरा (खराब जेनेटिक्स) भएकाहरूले खानुहुँदैन । धुवाँ उड्ने गरी तताएर खानुहुँदैन । मोटोपन भएकाहरूले क्यालोरीको हिसाब गरेर खानुपर्छ । घिउ खाँदा हरियो सागपात पनि खाँदा राम्रो हुन्छ । शारीरिक सक्रियता बढाउन सके घिउको स्वादको मज्जा आनन्दपूर्वक लिन सकिन्छ ।

सम्बन्धित सबैलाई मेरो अनुरोध छ, गाई वा भैंसीको शुद्ध घिउ उत्तम पौष्टिक पदार्थ हो । आयुर्वेदमा शुद्ध घिउमा मिसाएर धेरै औषधिसमेत बनाइन्छ । घिउमा मिसावट गरी यसको शुद्धतालाई बिगार्ने काम नगरौं । शुद्ध घिउ थोरै मात्रामा नियमित खाँदा सबैलाई फाइदा छ ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब