प्रदेश २ सरकारको नीति तथा कार्यक्रम बहुतमले पारित

  • जेठ ३२, २०७७ | २८५ पटक पढिएको | सीमा संदेश
alt

धनुषा । प्रदेश २ सरकारको आगामी आर्थिक वर्ष २०७७।०७८ को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । आइतबार बसेको चौथो अधिवेशनको १० औं बैठकबाट प्रदेश सरकारको आगामी वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो ।

गएको जेठ २५ गते प्रदेशसभा बैठकमा प्रदेश २ प्रमुख तिलक परियारले अगामी आ.व.को नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।

मुख्यमन्त्री लालबाबु राउतले आ.व. २०७७।०७८ को नीति तथा कार्यक्रम सदनमा पेश गरेका थिए ।
प्रमुख प्रतिपक्षी नेपाली काँग्रेस र प्रतिपक्षी नेकपाका दलले नीति तथा कार्यक्रममा संशोधन प्रस्ताव दर्ता गराएका थिए । काँग्रेस तथा नेकपाका सांसदहरु सदस्यहरु बाबुलाल साह,दिलिप कुमार साह, शिवचन्द्र चौधरी,गोविन्द बहादुर न्यौपाने,रुबी कुमारी कर्ण, नरेश कुमार यादव,सुन्दर बहादुर विश्वकर्मा र सिता गुरुङ्गलगायतकाले संशोधन प्रस्ताव पेश गरेका थिए ।

उक्त सबै संशोधन प्रस्ताव बहुमतले अस्विकृत भएपछि सभामुख सरोज कुमार यादवले बहुमतबाट नीति तथा कार्यक्रम पारित भएको घोषणा गरेका छन् । प्रदेशसभाका अर्को बैठक सोमबार साँझ ५ बजेसम्मको लागि स्थगित भएको हो । सोमबार प्रदेशसभामा प्रदेश सरकारले अगामी आर्थिक वर्ष २०७७।०८८ को बजेट प्रस्तुत गर्ने कार्यसूचि रहेको छ ।

गोलबजारमा गाँजा फँडानी गर्ने क्रममा भेटियो बेवारिस

सिरहाको गोलबजार नगरपालिका–९ बलडाँडास्थित खेतबारीम ...

मधेशको नयाँ सरकारबारे एमाले र जसपा नेपालबीच छलफल

मधेश प्रदेशमा नयाँ सरकार गठनबारे नेकपा एमाले र जसपा नेप ...

पुरानो रिसइवीमा कुटपिट हुँदा पाँच घाइते, दुई मोटरस

सिरहाको बरियारपट्टी गाउँपालिका– २, खोक्सी गाउँमा ...

मधेश प्रदेशः सात जिल्लाको ३३ विद्यालयमा अर्बौको लग

मधेश प्रदेशका सात जिल्लाका ३३ सामुदायिक विद्यालयको भौति ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब