गण्डक अस्पतालबाट ८ जना कोरोना संक्रमित डिस्चार्ज

  • असार ४, २०७७ | २४४ पटक पढिएको | सीमा संदेश
alt

वीरगञ्ज । वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल अन्तर्गतको गण्डक कोभिड अस्पतालबाट ८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । आइसोलेसनमा बसेको १४ दिन पूरा भएपछि उनीहरुलाई डिस्चार्ज गरिएको हो ।

गण्डक कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहका अनुसार डिस्चार्ज हुनेमा पर्साको सिर्सिया बस्ने १५ वर्षीया किशोरी र रौतहटको राजदेवी नगरपालिका–१ पथराकी ३६ वर्षीया महिला छन् । यस्तै पर्साको कालिकामाई गाउँपालिका–२ का १६, ३०, ४०, र ४५ वर्षीय चार जना पुरुष र पर्साकै ३३ र २५ वर्षीय दुई जना पुरुष डिस्चार्ज भएका छन् ।

रौतहटकी महिलामा जेठ २२ गते र अरुमा जेठ २१ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको कोरोना संक्रमण पुष्टि भएको १० दिनमा गरिएको दोस्रो पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको थियो । सरकारको नयाँ गाइडलाइनले १४ दिन आइसोलेसनमा राखेर घर पठाउन सकिने व्यवस्था गरेको छ । उनीहरुलाई १४ दिन होम क्वारेन्टिनमा बस्न आग्रह गरिएको डा। सिंहले जानकारी दिए ।

‘आइसोलेसनमा राखेको १४ दिनपछि डिस्चार्ज गर्नुपर्ने व्यवस्था छ । १० दिनमा गराएको एउटा पीसीआर रिपोर्ट नेगेटिभ नै आएको थियो,’ डा. सिंहले भने, ‘घरमा पनि १४ दिनसम्म परिवारका अन्य सदस्यसँग घुलमिल नगर्न भनेका छौं ।’

गण्डक कोभिड अस्पताललमा हालसम्म १०३ जना संक्रमित भर्ना गरिएकोमा ६१ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

साफी हत्या प्रकरणः अभियुक्तकी आमासमेत प्रहरी नियन्

जनकपुरधाम उपमहानगरपालिका–५ का आमिन साफीको छुरा प् ...

खातामा एक करोड भेटिएपछि कांग्रेस नेतृ पक्राउ

इजरायल जानेहरूलाई ठगी गरेको कसुरमा कांग्रेस नेतृ विनिता ...

इन्टरनेटको शुल्क बढी लिए कारबाही गरिने दूरसञ्चार प

नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवाको शुल्क वृद्ध ...

राष्ट्रिय परिचयपत्र नभए पनि बैंकिङ सेवा दिन सर्वोच

सर्वोच्च अदालतले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर नभ ...

सम्पर्क ठेगाना

  • सीमा सन्देश राष्टि्य दैनिकद्वारा सञ्चालित
  • ठेगना: नवराजपुर गाउँपालिका, सिरहा
  • कम्पनी दर्ता नम्बर: ११०/२०७६/०७७
  • पान नम्बर: ६१२४३७८२९
  • फोन नम्बर: ९८५२८५५५५०
  • इमेल: seemasandesh2078gmail.com / [email protected]
  • विज्ञापन तथा गुनासो: ईमेलमा पठाउनु हाेला अथवा ९८१५७४५०००

सोसल मिडिया

प्रकाश सम्पादक

  • अध्यक्ष र सम्पादक बैधनाथ कुमार यादब
  • कार्यकारी सम्पादक शिवराम महरा
  • प्रबन्ध निर्देशक सुनिता कुमारी यादब